ज्योतिषीको दावी– ‘भ्रष्टाचारी पानीमुनि लुकेपनि बच्न सक्नेछैनन्’

यो कुण्डली जुनकुनै लग्नको भए पनि त्यससँग कुनै तालुक छैन। कालपुरुषको कुण्डलीमा चार भावमा मंगल छ,जो निच भयो।

९ डिग्री ३५ मिनट र २१सेकेन्डमा छ। जो नवांशका हिसाबले बुध शत्रुका घरको हुन्छ र यसपछि पनि शत्रुको घरमै जान्छन् जो हाम्रो देशको स्वामी ग्रह हो। यसपछि आफ्नो घर प्रवेश गर्नेछन् र देशका शत्रुहरूलाई दण्ड दिन मद्धत पुर्याउने छन्।

यस्तै सवा दुई दपनमा सरिरहने चन्द्रमा अहिले पंचमभावमा सूर्यको घरमा छन्। त्यसपछि शत्रु बुध, शुक्रको घरमा पाँच दिन बस्छन् र उप्रान्त मित्र मंगलको घरमा जानेछन्।

जो जुन महिनाको २ तारिक पर्छ। अहिले केतुकाल पुरुषको कुण्डलीमा शुक्र सप्तमभावमा रहेकाले अचानक भौमको दृष्टि परेकाले केतु अन्धो मायावी ग्रह समेत भएको एवं सप्तम दृष्टि समय कुण्डलीको पहिलो मंगलको घरमा बसेका गुरु, राहु, बुध र युरेनसलाई पर्छ। हिलियम ग्याँस केतु हुन् अर्कोतिर गुरु पूर्णतः ८-११-४ र राहु ८-१६-२१ मा छन् तसर्थ पूर्ण गुरु चाण्डालयोग बनेको हुनाले हठात कुनै अनजान घटना देशमा हुन सक्छ। २५ मे अर्थात् जेठ दश गतेसम्म चाण्डालयोग एवं अचानक कुनै पनि घटना घटाउने ग्रह युरेनससँगको युतिका कारण देशमा विप्लव उत्पन्न नहोला भन्न सकिन्न। शनि न्यायका कारक ग्रह कुँभमा इच्छाशक्ति भावमा बसेकाले जनता तथा भ्रष्टाचारमाथि कार्वाही अघि बढाउने सरकारले दण्ड दिने निश्चित नै छ। कुनै बिकल्पमा भ्रष्टाचार गर्नेहरू बच्ने छैनन्। अझ शनिलाई पावरदिने धर्मका कारक ग्रह चाण्डालयोगबाट मुक्त भएपछि र अब तुरुन्तै बक्री हुने शनि अरु क्रुर हुनेछन्। 

यो अवस्था मार्ग महिनासम्म रहनेछ र उप्रान्त केही फोहर सफा बनेपछि कुँभका मुलत्रिकोणका शनि नवांशमा गुरूको घर प्रवेश गर्ने एवं गुरु स्वयं उच्च बनेर कालपुरुषको कुण्डलीमा जनता भावमा रहनाले जनचाहना मुताविक नै ठूलाठूला भ्रष्टाचारीलाई जन अदालतले सडकमा, घरमा जहाँ भेटो त्यँही कार्वाही गर्ने भएको र प्रहरी मौन बस्ने हुँदा भ्रष्टाचारी कतिले देश छाड्ने अवस्था आउनेछ। अराजक गतिविधि नियन्त्रण त हुन्छ यद्यपि जनचाहना मुताविक सरकारले काम गर्नु पर्नेछ। यो बनिरहेको कुण्डलीको यो करि ५१११ बर्ष पछि बनिरहेछ। जान्ने गणितज्ञ गणकहरूले हिसाब गर्न सक्नुहुनेछ। यो विश्वभरिकै लागि हो यद्यपि नेपाल धर्मको भन्नाले हिन्दु आदि होइन मानवधर्म भनेको उद्गम थलो भएको कारण बिश्वले नै मान्ने सरकार धर्म आदि इत्यादिको २०८० मार्गबाट सुरु भएर २०८२ भित्र किनारा लाग्ने कुरामा ज्योतिष गणीत मुताविक दुई मत हुन सक्दैन।

खासगरी ज्योतिष शास्त्रमा शनिको गोचर महत्वपूर्ण रहन्छ। किनकि शनि तीन, छ, आठ, दस र बाह्र भावको कारक हुन्छन्। शनि जनता, किसान मजदुरका कारक दुःखका, मृत्युका, न्यायका कारक हुन्। हाम्रो ग्यालेक्सीमा सबैभन्दा टाढाका आफ्नो  चन्द्रमाको चक्रले बाँधिएका कारण जेल नेल र बन्धनका कारक समेत मानिन्छन्। कुण्डलीमा शनि नीच, शत्रु राशिमा बसेका, राक्षस नवांशमा परेका अनि शन्याष्टक बर्गमा ० अंक कुनै राशिमा आएका अहिले कुँभमा आएकाहरू नै जेल जानेछन्।

राहु मायावी गुरूसँग बसेका र गुरु दया धर्मका कारक भै शनिसँग १-११ भएर गोचर गरेको कारण जस्तोसुकै माटो मुनि अथवा पानी मुनि लुकाएर राखेको कालो धन पनि निकालेर छाड्ने ग्रह भएको कारण यो तीस बर्स यताको कालो धन चैँ हेराउँछ, उताको होइन। यद्यपि पनि कुटील बिचार योजना बनाउने मानिसलाई छाड्ने छैनन्, सत्तामा बाँदर नै आए पनि यति काम हुन्छ। जनताको काम हुने बेला वा समय आएको छ र अब यो समय धेरै लामो समयसम्म रहने हुँदा अबको पुस्तालाई देश राम्रो हुने कुरामा कुनै शंका छैन । 

(ज्योतिषी उदय निरौलाको विश्लेषणमा आधारित)
 

प्रतिक्रिया