कोरोना संक्रमणबाट २४ घण्टामा भएन कसैको मृत्यु, थप २२३ जनामा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२२१७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८०३७१६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ६९२१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया