एउटा रोचक यथार्थ: सत्यको लुगा लाएर असत्य टाप !

लुप्त र पराजित सत्य अनि ठूलो तामझाम सहित विश्वमा एक छत्र शासन गरिरहेको विजयी झूठको प्रसङ्ग !

 *****
उन्डाइसौं सताव्दीको एउटा लोकप्रिय आख्यान अनुसार एक दिन सत्य र झूठ को अकस्मात भेट भयो I 
अनि झूठले सत्यसँग भनेछ ''आज त साह्रै गज्जबको सुन्दर दिन परेछ'' I 
सत्यले आकाश तिर हेर्यो साँच्चै को सुन्दर दिन रहेछ, 
अनि भाव बिभोर भएको प्रतिक्रिया व्यक्त गर्यो I 
सत्य र झूठ दुबैले लामो समय सम्म मस्ती गरे, दंग दास परे I

*****
यसै क्रममा उनीहरू एउटा तलाउको छेउमा पुगे I झूठले सत्यलाई भन्यो -'' 
''आहा कति स्वच्छ रहरलाग्दो पानीको तलाउ रहेछ आऊ सँगै पौडी खेलौं, नुहाई धुवाई गरौँ '' I 
सत्यको मनमा शङ्का त थियो तर पानी हेर्यो स्वच्छ र निर्मल छ , 
पानी यसो छोयो मन आल्हादित भयो I 
दुबैले लुगा फुकाले I 
तलाउको छेउमा लुगा राखेर दुवै पानीमा खेल्न, रमाउन लागे I

*****

त्यत्तिकैमा हतार हतार झूठ तलाऊबाट बाहिर निस्कियो ,सत्यको लुगा लगायो र सुइकुच्चा ठोक्यो I 
सत्य रिसाउँदै बाहिर निस्कियो I 
आफ्नो लुगा भेट्छु कि यता दौड्यो, उता दौड्यो तर झूठलाई कतै भेटेन I

*****
बस्त्रहीन नाङ्गै सत्य यता -उता गरिरहेको देखेर दुनियाँले सत्यलाई तिरस्कार, घृणा र उपेक्षा गर्न लागे I 
मानिसहरू सत्यसँग रिसाएर ऊबाट टाढै बस्न रूचाउन लागे I 
सत्यलाई छी छी -दुरदुर गर्न लागे I

*****
मानिसहरूको निरन्तर घृणा, अपमान ,उपेक्षा र तिरस्कार सहन नसकेर,आजित भएर सत्य त्यही तलाउमा फर्कियो I 
पीडा र बेदनाले व्यथित भएर, त्यही पोखरीमा तल्लो भागमा लुकेर बस्न थाल्यो I 
तलाउको पींधकै हिलोमा सत्य विलुप्त भयो I

निसहाय, निरूपाय,पराजित, अपमानित, तिरस्कृत,लाञ्छित र घृणाले निसास्सिएको सत्य कता हरायो कता !

*****
उता झूठ भने सत्यको लुगा लगाएर संसारका सबै भूभागका शहर, बस्ती, स्कूल, कलेज, विश्व विद्यालय, सरकार, संसद, संवैधानिक निकाय, मिडिया सबैतिर रजगज गर्न लाग्यो। 
ऊ विश्वको एक छत्र सम्राट बन्न गयो I

*****

सबै मुलुक, समाज र विश्वको आवश्यकता झूठ, भ्रम र नाराले नै पुरा गर्न लाग्यो I 
झूठले सबैलाई सन्तुष्ट र आनन्दित बनाउन थाल्यो I 
मानिसलाई झूठ नै प्यारो, सुन्दर र मोहक लाग्न थाल्यो I 
सबैतिर असत्यकै जयजयकार हुन लाग्यो !
झूठलाई नै संसारको एक मात्र सत्य बुझ्न र ग्रहण गर्न लागे I

मानिसले सत्यको आवश्यकता , औचित्य र अस्तित्व स्वीकार्नै छोडे I 
झन् नेपालमा - - - -

*****
''सत्यको पोशाक लगाएर, आफूलाईनै सत्य दावी गर्दै सारा संसारमा साम्राज्य विस्तार गरिरहेको झूठका सम्वन्धमा विचार गर्न सक्ने क्षमता हराएका ज्ञान, विवेक र चेतनाशून्य मानिसहरूको भीडबाट अझै प्रताडित र बलात्क्रित हुनबाट जोगिन त्राहिमाम त्राहिमाम गर्दै सत्य हराएको सत्यको खोजी गर्ने साहश कसैले गर्न सक्छ कि सक्दैन थाहा भएन !

तर मानव इतिहासमा सत्य सधैं पराजित, लुप्त र तिरस्कृत भइरहेको भने छैन I 
त्यस्तै पोखरीको हिलोमा सत्यको दिव्य प्रकाश छर्ने कमल पुष्पको वीजमा पो कतै सत्यले प्रवेश गरेको छ कि ? 
भविष्यले बताउला ! ''  तस्बिर: ग्याफिएरो 

प्रतिक्रिया