एमाले अध्यक्षमा केपी ओली निर्वाचित 


काठमाडौं । परिणाम त्यही आयो, जुन पहिले नै तय थियो ।  नेकपा (एमाले)को दशौं महाधिवेशनले केपी शर्मा ओलीलाई दोश्रो पटक पनि अध्यक्ष निर्वाचित गरेको छ । 

दोश्रो कार्यकालका लागि निर्वाचित भए पनि सर्वसम्मत अध्यक्ष बन्ने ओलीको प्रयास भने सफल भएन । 

अध्यक्ष पदका लागि भएको निर्वाचनमा ओलीले १८०८ मत पाएका छन् भने उनलाई चुनौती दिएका भीम रावलले २१३ मत पाएका छन् ।

निर्वाचन समितिले औपचारिक परिणाम घोषणा नगरे पनि ओलीले अध्यक्षमा जितेको खबर बाहिर फैलिइसकेको छ । 
 

प्रतिक्रिया