मतदानस्थलमा पर्चा बाँड्ने काम रोक्न भीम रावलको माग

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार डा. भीम रावलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदान चलिरहेका बेला पर्चा बाँड्ने काम रोक्न माग गरेका छन् । चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने काम भएको भन्दै यस्तो कार्य रोक्न माग गरेका हुन् ।

सामाजिक संजालमा उनले लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’

चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।

— Dr. Bhim Rawal (@BhimRawal179) November 30, 2021

प्रतिक्रिया