रावल, भुसाललगायतलाई भोट नहाल्न भन्दै ओली पक्षद्वारा पर्चा वितरण

चितवन । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहस्थित होटल सेभेन स्टारमा मतदान भइरहेको छ । मंगलबार बिहान ४ बजेदेखि मतदान शुरु भएको हो । तर अध्यक्ष केपी ओली पक्षले भीम रावल, घनश्याम भुसाललगायत उम्मेदवारलाई भोट नहाल्न भन्दै मतदातालाई पर्चा वितरण गरेको छ ।

भोट नहाल्न भनिएको सूचीमा रावल र भुसालका साथै भीम अचार्य, टंकप्रसाद कार्की लगायतको नाम छ । ओली पक्षले आफैंले विधान महाधिवेशनले पारित गराएको प्यानल बनाएर चुनाव लड्न नपाउने नियम उल्लघंन गर्दै यसरी पर्चा वितरण गरेको हो । 

प्रतिक्रिया