विश्वकप: तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाको खेल आज

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि आज शनिबार मोरक्को र क्रोएसिया खेल्दैछन् ।

राति पौने ९ बजे कतारको खालिफा स्टेडियममा यी दुई टिमबीच खेल हुनेछ । मोरक्को सेमिफाइनलमा फ्रान्ससँग २–० गोलले पराजित भएको थियो ।

यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३–० ले हारेको थियो ।

क्रोएसिया र मोरक्कोले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए ।

विश्वकपको उपाधिको लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् ।

प्रतिक्रिया