काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
एसियन गेम्स छनोटअन्तर्गत बिहीबार मलेसियाविरुद्ध भइरहेको खेलमा भुर्तेलले मात्र ४४ बलमा शतक पूरा गरेका हुन्। यो उनको टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक हो। यसअघि चीनविरुद्धको खेलमा पनि भुर्तेलले विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै ३५ बलमै शतक प्रहार गरेका थिए। उक्त खेलमा उनले ४३ बलमा १२९ रनको शानदार इनिङ्स खेलेका थिए। लगातार दुई टी–२० अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने भुर्तेल पहिलो नेपाली खेलाडी बनेका छन्। यससँगै उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई शतक बनाउने विश्वका १०औँ खेलाडीको सूचीमा समेत परेका छन्।
भुर्तेलको उत्कृष्ट लयले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको छ। पछिल्ला खेलहरूमा उनको आक्रामक ब्याटिङले नेपाललाई बलियो सुरुआत दिलाउँदै आएको छ। लगातार दुई खेलमा शतक प्रहार गरेपछि उनी अहिले नेपाली क्रिकेटका सर्वाधिक चर्चित खेलाडीमध्ये एक बनेका छन्।
प्रतिक्रिया