अन्तिम सेमिफाइनलमा आमनेसामने हुँदै फ्रान्स र मोरक्को

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज बुधबार हुँदैछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् ।

अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आजको खेलले उपाधिका लागि भिड्ने दुवै टिमको निधो हुनेछ । उपाधिका लागि यसअघि अर्जेन्टिना फाइनलनजिक पुगिसकेको छ । उसले उपाधि जित्न कुन देशसँग प्रतिस्पर्धा गर्नेछ भन्ने छिनोफानो आजको खेलको परिणामले तय गर्नेछ ।

साविक विजेता फ्रान्स र मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ।

फ्रान्स मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराएको थियो ।

यता, मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । फ्रान्सलाई हराएर मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउन चाहन्छ । दुई टोलीबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । तर,दुई टोलीबीच अन्य प्रतियोगिता र मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भएको छ ।

 

प्रतिक्रिया