‘नेपालमा तानाशाह जन्मन सक्छन्’

ज्योतिष शास्त्र अनुसार आगामी दिनहरू यस्ता रहने छन्।

समग्र राष्ट्र, विश्व परिवेश, वातावरण, जीवात्मा, वनस्पति लगायत ब्रम्हाण्डका यावत् पिण्डहरू तिनको गति अनि उत्पन्न हुने सबै प्रकारको शक्ति रेज विज्ञानको फिजिक्सद्वारा, केमिस्ट्रीद्वारा उत्पन्न रसायन आदि बिषयमा भविष्यवाणी गरिने ज्योतिषलाई हाम्रा प्राचीन ग्रन्थमा संहिता ज्योतिष भनिन्छ। एस्ट्रोफिजिक्सआदि समेत। ब्यक्ति विशेषलाई हेरिने ज्योतिषलाई जातक ज्योतिष भनिन्छ।

संहिता मुताविक स्मरण रहोस, मैले २०७८ को सुरुमा युद्धको वर्ष भनेको थिएँ, जो विश्वमा अद्यापि चलिरहेकै छ। देशमा अब के हुन्छ? के होला भनेर ग्रहको हिसावमा गरिने भविष्यवाणीलाई मेदिनी ज्योतिष पनि भनिन्छ।

वर्तमान परिस्थितिमा सूर्य ग्रहका राजा हुन्। मित्र मंगलको घरमा हाम्रो देशको राशी भएर २०७९ मार्ग महिनाभर गोचर गर्नेछन्। पौषमा धनु, माघमा मकर हुँदै राशि बदल्ने छन्। मंगलको घरमा बसेका सूर्यको स्क्वायर बनेर मंगल गोचर गरिरहेका छन्। शत्रु शुक्रको घरमा आमनेसामने भएको कारण मार्ग महिना सामान्यतया उग्रता मुलुकमा आएन जो राम्रो भयो। 

यद्यपि अब पौष महिनामा राशिबाट वित्त विभाग देशको समग्र अर्थकोष जिम्मा लिने सूर्यलाई मंगलका २१० डिग्री देखि २४० डिग्रीसम्मको भर्टिकल, दृष्टि भयकारक, अराजक हुनसक्छ। कानुन नमान्ने जमातको वृद्धि, संसदमा हंगामा, अदालतमा हंगामा, सुरक्षाथ्रेट र मुद्रास्फिति भन्दा पनि मुद्राको अवमूल्यन र मन्दिको सामना राष्ट्र र जनताले बेहोर्नु पर्ने परिस्थिति नआउला भन्न सकिन्न। पराक्रम र राज्यको कम्युनिकेशन विभाग शनिको अंग भएका कारण माघ २ गतेसम्म यो क्षेत्रमा केही आशाजनक उपलव्धि भएपनि उप्रान्त यो क्षेत्रमा उति प्रगति नहोला। आइटि र मिडिया प्रति सरकार उदासिन रहने अवस्था नआउला भन्न सकिँदैन। कुँभमा जाने शनिले न्यायालयको परिवेश बदल्न सक्नेछ। 

अदालततिर कानुन पालन गर्ने वकिलहरूको बाहुल्यता बढ्नेछ र घुसखोरहरूलाई जनताले नै सडकमा नै कारवाही गर्ने हुँदा अराजक भीड भयावह बन्न सक्ने देखिन्छ। माघसम्म अराजकता, फागुनबाट बिस्तारै न्याय क्षेत्रमा सुधार हुनेछ। चैतबाट नयाँ कानुनहरू कार्यान्वयन हुँदै जाने भएको कारण न्याय क्षेत्रमा जनताले राहत पाउने संभावना बलियो देखिन्छ। चैत्र महिनामा सुरक्षाका कारक ग्रह मंगल मिथुन, कर्कट राशिमा गोचर गर्नेछन्। गुरु मिनमा र सूर्य पनि मिनमा भ्रमण गरेका बखत पुरानो कुनै संधि सम्झौताको क्षेत्रमा कुनै नयाँ बहस चल्न सक्नेछ। 

यसबाट सत्ता घटकलाई कठिनाई पनि उत्पन्न नहोला भन्न सकिन्न। न्याय नपाएकाहरूले न्याय पाउने र अन्यायीलाई शनिले दण्ड दिने अवस्था पनि देखिनेछ। धेरै ठूलो आन्दोलन पनि हुनसक्छ तथापि पनि सरकार लिगमा हिँडेमा केही अफ्ठेरोको सामनाकासाथ निकास निस्कँदै जानेछ। सरकारका काम कारवाहीहरू खुल्ला हुनसक्ने संभावनालाई नकार्न सकिन्न।

नीतिगत भ्रष्टाचारमा बन्देज लगाउने समूहले क्याविनेटका निर्णयलाई गोप्य राख्न दिने छैन। जब गुरु मेषराशिमा शनिबाट धर्मका मालिक र न्यायका मालिक बीच ११ र ३ को सम्बन्ध स्थापित हुनाले ठेक्कापट्टा, निर्माणका कामहरूमा नयाँ सिस्टम बसाउने कार्यको थालनी हुनाले काममा ढिलाइ हुनसक्छ।

चैत्रमा सूर्य, गुरु वुध मिनस्थ शनिबाट दोस्रो स्थान र नेपालको राशिबाट चतुर्थ पंचमस्थ भएर गोचर गर्ने एवं मंगल मिथुनस्थ भएर अस्त बुधका घरमा गोचर गर्नाले बुद्धिजीवीहरूको मति भ्रम हुन्छ भने अर्कातिर मायावी राहु शुक्रका साथमा नेपाल राज्यको राशिबाट षष्ठ हुनाले नेपालमा महिला हिंसामा कमि एवं देशको शत्रु राज्यको वा शत्रु मानिसको नोक्सानी  पनि हुनसक्छ।

जनताभावका शनिले जनजनमा उत्साह आउने, कर्म गराउन राज्यलाई उत्प्रेरित गर्नेछन्। भौमगृहस्थ गुरूले धर्मको पालना गराउन सरकारलाई दवाव सिर्जना गर्नेछन्। वर्षा अत्यधिक हुनाले बाढी पहिरोले हानी नोक्सानी पुर्याउने भए पनि धनजनको उति क्षति नहोला।

भूक्षय, सानातिना भूकंपका झट्काहरू पनि सहनु नपर्ला भन्न सकिन्न। मेषमा गुरु रहनाले रियल स्टेटको क्षेत्रबाट राज्यको प्रशस्त आम्दानी बढ्नेछ। आयातमा नियन्त्रण र निर्यातमा फेरि एकपटक राज्यले उद्योग धन्दामा प्रोत्साहन दिने भएको कारण साना तथा मध्यम उद्योगहरू फस्टाएको देख्न सकिनेछ। २०७९ मार्गबाट उताको समयमा राज्यको परराष्ट्रनीतिमा परिवर्तनको संभावना प्रवल देखिन्छ।

२०८० सालको चैत्रमा शनिले कुम्भ राशिको १७ डिग्री पार गर्ने भएकोले देशमा मध्यावधि चुनाव वा भैरहेको ब्यवस्थामा संशोधन, परिवर्तन वा अरु कुनै डिक्टेटरको उदयलाई ग्रहले देखाँउछ। 

यतिञ्जेलसम्ममा विश्व पूर्णरुपेण दुई ध्रुबमा विभाजित भैसक्नेहुँदा कुनै शक्तिशाली राष्ट्रको कारण यो ब्यवस्थाको अन्त्यको संभावना पनि प्रवल देखिन्छ। लोकतान्त्रिक पद्धतिको समाप्ति र कुनै एकदलीय पद्धतिको अभ्युदयको संभावना प्रवल देखिन्छ। जनताकै साथ र विदेशी मित्रहरू राष्ट्रको साथसमेत रहने भएको अवस्था त्यतिबेला बिद्यमान नहोला भन्न सकिने अवस्था छैन। बृषका गुरु र कुम्भका शनिको १०र४को परिस्थितिले यस्तो अवस्था आएमा अन्यथा भन्न सकिने छैन। यद्यपि यश बिषयमा म हाम्रो नयाँ बर्षको जगलग्नबाट विश्लेषण गर्नेछु। 

अहिलेलाई पाश्चात्य संवत् २०२३ को बिषयमा यति नै।  
 

प्रतिक्रिया