बंगबन्धु एसियन यू-२३ को उद्घाटन खेलमा नेपालले बंगलादेशको सामना गर्ने

काठमाडौं । नेपालले बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको यो च्याम्पियनसिपमा नेपाल, बंगलादेश, किर्गिस्तान र श्रीलंकाको सहभागिता हुनेछ ।

पुस ७ गते सुरु हुने च्याम्पियनसिपको नेपाल र बंगलादेशबीचको पहिलो खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ मा हुनेछ ।  

दोस्रो खेलमा पुस ८ गते श्रीलंकासँग खेल्ने नेपालले समूह चरणको अन्तिम खेलमा पुस ९ गते किर्गिस्तानसॅंग खेल्नेछ ।

प्रतियोगिताको फाइनल खेल पुस ११ मा हुनेछ ।  नेपालले प्रतियोगिताका लागि टिम घोषणा गरिसकेको छ ।

नेपाली टिममा धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुराउ, बिष्णु बस्नेत, सफल विक, सन्तोष मेहता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे, भीमराज गुरुङ छन् ।

प्रतिक्रिया