विश्वकपको पहिलो सेमिफाइनल आजः अर्जेटिना र क्रोएसिया भिड्ने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु मंगलबारबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया आमनेसामने हुँदैछन् ।

उपाधिका दाबेदार मानिएका यी दुई टिमले राति १२ : ४५ बजे दोहाको लुसेल रंगशालामा फाइनल पुग्ने योजनाका साथ खेल्नेछन् । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

यसअघि दुईपटक विश्व विजेता बनिसकेको अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा छ । क्रोएसिया यसअघिको विश्वकपको उपविजेता हो । क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो ।

प्रतिक्रिया