विश्वकप २०२२: क्वाटरफाईनलका अन्तिम दुइ खेल आज

काठमाडौं। विश्वकप फुटबल २०२२ मा क्वाटरफाईनलका अन्तिम दुइ खेल आज हुँदैछन। कतारको अल थुमामा रंगशालामा आज राति पौने ९ बजे हुने पहिलो खेलमा पोर्चुगल र मोरक्कोवीच प्रतिष्पर्धा हुने छ।

क्वाटरफाईनलकै अर्को खेलमा इंग्ल्याण्ड र फ्रान्स खेल्नेछन्। यो खेल आजै राति पौने १ बजे हुने छ।  इंग्ल्याण्ड र फ्रान्सबीचको खेल कतारको अल बायत रंगशालामा हुनेछ।

अन्तिम १६ मा स्विट्जरल्याण्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा पुगेको थियो। अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३-० ले हराउँदै मोरक्को पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई हराएर क्वार्टरफाइनल पुगेको हो भने सेनेगललाई हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो।आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लाग्नेछ।

शनिबार राति भएका खेलमा क्रोएसिया र अर्जेन्टिजा सेमिफाइनलमा प्रवेश गरेका छन्। क्रोएसियाले ब्राजिललाई र अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन्।

प्रतिक्रिया