ज्योतिष बिज्ञानः के हो राजयोग र राजयोग भङ्ग?

सामन्यतया राजयोगको अवस्था लग्नबाट गरिन्छ ।

१. मेष लग्न र राजयोग– यो लग्नमा सूर्य एक्लै प्रवल राजयोग कारक हो। दुई न मा गुरु भाग्येश व्ययेश र मंगल लग्नेश अष्टमेश भएकाले दोस्रो दर्जामा परे।

परम पापीमा बुध। मारकेश प्रबलमा शुक्र पर्छन्। शनि एकादश भाव, षष्ठभाव, तृतीय भाव र दशम भावमा लग्नको नैसर्गिक शत्रु भएतापनि राजयोग कारक हुन्छन्।

पञ्चमेश सूर्यका साथमा लग्नेश मंगल र गुरु समेत यदि भाग्यमा, लग्नमा या त पञ्चम्भावमा बसेमा र शुक्र बुधसँग निरपेक्ष रहेमा तत्तत् महादशा अन्तरदशामा राजयोग दिन्छन्।

दशममा शनि स्वगृह हुने भएको कारण लग्नेश मंगलका साथमा बस्नाले प्रबल शत्रु बिनाश गर्ने राजयोग हुन्छ। तथापि एकादस भाव बाहेक अन्यत्र यो युति नोक्सान पुर्याउने ठहर्छ। ग्रह पुस्करांशमा बढी प्रभावी हन्छन् तसर्थ बलाबलमा यो विचार पुर्याउनु पर्छ। सामान्यतया बिंशोत्तरी भुक्तभोग्य महादशाका अन्तरमा राजयोग कारक दशाको अन्तरदशा कहाँ आउँछ त्यो पनि विचार गर्नुपर्छ। जस्तो मेषको आद्यदशा अश्वनी भएमा सूर्य युवा अवस्था, चन्द्र पनि राजयोगकारक हुने भएकाले र मंगल पनि हुनेहुँदा अवश्य राजयोग प्रदायक ती ग्रहहरू छन्भने राजयोग दिनेछन्। भरणीमा पनि दिनेछन्, यद्यपि कृतिका नक्षत्रको जन्म भएको भए बाल्यकालमा नै यी दशा गैसक्छन् यस्तो कुरालाई विचार पुर्याएरमात्र फलित गर्नु बेश हुनेछ।

राजयोग भंग– मेषलग्नमा मंगलकासाथ शुक्र मारकेशकासाथ एकादशभाव बाहेक अन्यत्र बसेमा मारकेशका कारण शुक्रले राजयोगको नाश गर्छन्। दशम् भावमा शुक्र बस्नाले पनि राजयोग नाश गर्छन्। बुध तेस्रो र षष्ठबाहेक अन्यत्र भाव नाशक योग बनाउँछन्। चन्द्रमा षष्ठ, अष्टम् बस्नाले राजयोग बिनाश गर्ने संभावना हुन्छ। गुरु जहाँबसे पनि भावको नाश गरेपनि राजयोग नै प्रदान गर्नेछन्। त्रिकको मालिक त्रिकमा बस्नु, दुस्थानको मालिक सोही स्थानमा बस्नुले रायोगकालागि सहायक बन्दछन्।  षड्बल, बिशोपक बल, अष्टकबर्ग बल, षोडष बर्ग बल, ग्रहरूको नेत्रपाणी अवस्था र मारकेश निरुपण गरेर मात्र राजयोग बारे फल बताउनु पर्छ, अन्यथा मिल्दैन। गोचरलाई पनि उत्तिनै बढी ध्यानदिनु पर्छ। शनि विचार नगरे राजयोग मिल्दैन। किनकि दुःख र न्यायका कारक शनि हुन्।

२. बृष लग्नमा राजयोग– पुष्कर नवांश अर्थात् १३ डिग्री २० मिनटबाट करिब १६डिग्री ४० मिनट बीचको लग्नहोस्, लग्नमा शुक्र अस्त नहुन् र सोही अंशअनुसार बसुन्, दोस्रो बुध बसुन्, १२ भावमा मेषका गुरु १० डिग्री ४० मिनटबाट १३ डिग्रीका हुन्, एकादश भावमा चन्द्रमा लग्नमानै शुक्रका साथ सूर्य, सप्तमेश मंगल भाग्य भावमा उच्च नवांशमा रहुन्, राहु दशम् र केतु चतुर्थ बसुन् त! उत्कृष्ट राजयोग हुन्छ।

लग्नमा चन्द्रमा, चतुर्थ सूर्य शुक्र, बुध पञ्चमस्थ, वययेश मंगल षष्ठस्थ राहुका साथ बसे पनि उत्कृष्ट राजयोग हुन्छ, यद्यपि पापी गुरु यात अष्टम, बाह्रौं वा एकादश भएमात्र राजयोग लागु हुन्छ अन्यथा गुरुको दृष्टिका कारण राजयोग भंग हुनजान्छ।

यतिसम्म ध्यान पुर्याएर पढे अरु लग्नमा पनि राजयोग खुट्याउन सकिन्छ।

बृष लग्न यस्तो लग्न हो, जसमा शनि दुखःका कारक ग्रह अति शुभ हुन्छन्। शनि अष्टमभाव र १२ भाव छोडेर जुन भावमा बसेपनि राजयोग प्रदायक रहन्छन्।

३. मिथुन लग्न– यो लग्न बायु तत्व, द्वीस्वभाव राशिको लग्न भएको कारण तर्क र द्वैत लग्न हो। निर्णय लिने क्षमतामा कि हठात्, कि धेरै समय लाएर अनि हेरक कुरामा गम्भीर हुने भएको कारण मानसिक रुपमा दुःखी लग्न हो।

राजयोग कारक ग्रह लग्नेश भएकोले बुध + पञ्चमेश धनेश शुक्रको युति केन्द्र त्रिकोणमा भए उत्तम गणितमा अद्वित्तिय, चलाख बनाउँछ। द्वीतियेश चन्द्रमा शुक्लपक्ष षष्ठी तिथिसम्म शु हुने भएकाले सप्तममा बसे प्रवल मारकेश ठहर्छ। पापी भए राजयोगकालागि सहायक बन्छन्। तीन भावेश सूर्य त्रितीय, षष्ठ, एकादश बसे राजयोग कारक अरु भावमा पृथकताको योग लागू गराउँछ, जस्तो लग्नमा शरीर पातलो, दोस्रो बसे धनको कमि, चतुर्थ घर, जग्गा आमाबाट अलग, पञ्चम कालपुरुषको कुण्डलीमा स्वगृही हुने भएकोले राजयोग कारक भए पनि त्रतीयेशका नाताले सन्तानबाट बिमुख बनाउँछ।

पेटरोगी आन्द्रा छुटाउँछ, किड्नी फेराउँछ, सप्तममा पत्नी वियोग, अलगाव, अष्टम राम्रो हुन्छ, आयु बढाँउछ, नवम धर्म कर्म पूर्वजन्मको पाप भोगाउँछ, पिताको पूर्खाको सम्पतिबाट बिमुख  गराउँछ, परदेशी, दशम बसे भाव बिगार्छ राज्यको जागिरे भए छुट्छ। कचहरी मुद्दा मामिलामा अगाडि सार्छ, द्वादश भए आँखा जानसक्छ।

चतुर्थेश पञ्चमेश त्रिकमा नबसे इज्जतसम्म धन परदायक रहन्छन्। षष्ठस मंगल कि त्यही भावमा कि अष्टम कि एघार वा १२ भावमा राजयोगका लागि सहायक हुन्छन्। सप्तमेश गुरु पापी हुने भएकाले जहाँबसे पनि जुन ग्रहसँग बसेपनि भावको नाश गर्छन्। दशममा केन्द्रमा केन्द्राधिपत्य दोष लाग्छ र काम नलाग्ने ठहर्छन्। अष्टमेश नवमेश शनि ३, ६ ११ र ८ तथा १२ भावमा राम्रो रहन्छन्। बाँकी भावमा राम्रो हुँदैनन्। यसरी राजयोगको निरुपण गर्नुपर्नेछ।
 

प्रतिक्रिया