फिफा विश्व कप

जापानसँग विश्व च्याम्पियन जर्मनी पराजीत

काठमाडौं । विश्वकप फुटबलको बुधबार भएको खेलमा जापानले विश्व च्याम्पियन जर्मनीलाई हराएको छ। खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २/१ गोल अन्तरले हराएको हो । जापानले जर्मनीलाई हराएको यो पहिलो प्रतिष्पर्धा हो।

Japanफुटबलमा एसियाली पावर हाउसको विशेषण पाएको जापानले चार पटकको विश्व च्याम्पियन जर्मनीलाई अपत्यारिलो आक्रमणले हराएको हो। 

खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १/० को अग्रता दिलाएपछि जापानले जर्मनी विरुध्द गोल गर्ला भनेर झिनो आशा पनि गरिएको थिएन।

जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले सहजै गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काइ हार्भट्जले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड Japan 1देखाएको थियो ।

दोसो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ७५ औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका रित्सु डोनले गोल गर्दै जापानलाई १/१ गोलको बराबरीमा ल्याए । तानकाको स्थानमा मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् । ८३ औं मिनेटमा अर्का  सब्सिच्युड खेलाडी ताकुमा असानोले गोल गर्दै जापानलाई २/१ को जित दिलाए । उनी ५७ औं डाईजेनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जर्मनीलाई पराजित गरेसँगै जापानको खातामा पहिलो खेलमै ३ अंक जोडिएको छ ।

जापान समूह ुईु को शीर्ष स्थानमा छ । विश्वकपको सुरुआत गरेको जर्मनी पुछारमा रहेको छ ।

स्मरणीय छ, जर्मनीले दोस्रो पटक विश्वकपको पहिलो खेलमा पराजित भएर अनौठो रेकर्ड बनाएको छ।


 

प्रतिक्रिया