हावा भरेर पड्काउने कला र सेल्फी हान्ने सेल्फिस काङ्ग्रेस !

gyan mani'तिमिहरु टायर छेडेर पड्काउन खोज्छौ ! जेल हड्कडी पाउँछौ ! हामी हावा भर्छौ ! पदक पाउँछौ ! ' कुनै समयका भद्रपुरे पन्चको खतरनाक कथन!

धेरै समय पछि झापा तीन काङ्ग्रेस उम्मेद्वार सग डेग्लो क्याफेमा भेट भो ! दु:खका दिनमा आव्हान छापाखानामा या भरत भूर्तेलको, जित बहादुर पुरिको, अम्बिका रिजालको  घरको सानो कोठामा आत्मीय भेट हुन्थ्यो ! उसबेलाको पार्टी अफिस तिनै थिए !  अहिले काङ्ग्रेसको सम्पन्नताले होला एभरेट, डेग्लो, आनि होटलले काङ्ग्रेस सेवाको मौका पाउन थालेका छन !

आमने सामने भईयो ! बोली फुटेन ! दुबै तर्फबाट मौन भावुकता पोखियो ! सायद दुबै तर्फबाट  पुराना दिनको सम्झना भो होला ! हाम्रो पुरानो आत्मियता बुझ्न नसक्ने '  ट्वाल्ल काङ्ग्रेस ' आफ्नो भाग खोसिने त्रासमा देखिन्थे जसलाई हाम्रो भेट पचेको थिएन ! दाई बिस्तारै बोल्नु ' सहयोग गर्नु पर्‍यो ' ! मेरो आक्रोश पोखियो ' मैले कहिले चै सहयोग गरेको छैन ? पन्चायतकाल देखि निरन्तर भित्रीया सहयोगी मलाई तपाईंले कुनै जिम्मेवारी दिनुभएको छ ? मेरो हैसियत गोबर बोकेर पोष्टर टाँस्न हिंड्ने हैन नत अहिलेका हल्दार काङ्ग्रेसको पछि लागेर उनको आदेश मान्ने हो ! मेरो कान समातेर अराउने अधिकार छ तपाईंलाई ! मेरो हैसियत अनुसारको जिम्मेवारी दिनुस ' ! थकित स्वर निस्कियो - ' तिमिहरु एउटा टिम बनाएर हिंड ! मलाई सामुहिक सहयोग चाहियो ' ! हामी दुईको सम्बाद सुनेर ' जि मालिक / हस मालिक ' काङ्ग्रेस ट्वाल्ल थिए !

आठ बजे आउने दाईसग सेल्फी हान्न सेल्फी काङ्ग्रेस सातै बजे भेला भैसकेका थिए ! म कसैले नअराई रिसाएका राम प्रसाद तिम्सिना फकाउन पुगेको थिएँ ! अनि ६ महिना अघिनै गर्नुपर्ने काम दाई ६ दिन मात्रै गर्दै हुनुहुन्थ्यो ! आफ्नो वरिपरि थुप्रेर सेल्फी लिदै जय नेपाल चिच्याउनेलाई भयानक काङ्ग्रेस देख्दै गुपचुप रूपमा गाउँ पसेर सुतेका काङ्ग्रेस ब्युँझाउनेलाई असहयोगी देख्दै हुनुहुन्थ्यो !

 भित्र भाषण भूषण सुरु भो ! गुनासो राख्नेले गुनासो राखे ! सुझाव दिनेले सुझाव दिए ! गुनासा र सुझाव ग्रहण भए भएनन ? दिने र लिनेले नै जानुन ! तर बाहिर बसेको प्राध्यापकको बौद्धिक समूह आफुले कुनै जिम्मेवारी नपाएकोमा आक्रोशित थिए अनि प्रचार समितिको ' किच्चकबध मेला ' देखेर खिन्न समेत ! उहाँको प्रचार समितिमा हल्दार खरदार बाहेक बौद्धिक को को थिए ? कसैलाई पत्तो थिएन ! समितिको देखिएको काम भनेको बिहान झापा चोकमा चना खानु , दिउँसो दाईसग सेल्फी लिनु अनि बेलुका सगरमाथा चोकको भट्टीमा सन्ध्याकालिन आरतिमा ' भजन तन्काउनु ' थियोे ! ' ठिक छ दाई ! सोलिड छ ' दाईको अगाडि गाउने भजन रेडिमेड छ ! कता बिग्रेको छ ? चिन्ता पनि छैन ! कता सपार्नु छ ? वास्ता पनि छैन ! सबै दाईलाई हावा भर्न ब्यस्त छ्न ! दाईलाई फुलाउन उद्धत छन जसले दाईलाई पड्काउन मद्दत गर्दैछ ! दाई भष्मासुर समुह लिएर हिंड्न मै मस्त हुनुहुन्छ !

परिणाम जे जस्तो आएतापनि दाईले गर्नैपर्ने काम भनेको बिहान चना डकार्ने दिउँसो सेल्फी लिदै सोलिड छ दाई भन्ने र बेलुका भट्टी पसेर भजन तन्काउने ' सेल्फी काङ्ग्रेस ' बाट जोगिनु पर्छ ! '  सोलिड छ दाई ! तपाईंले केही गर्नैपर्दैन ' भन्दै पगितो हावा भरेर पड्काउने कलाकार बाट सतर्क हुनुपर्छ ! दाईले हार्दा हराउने भनेका यिनै भष्मासुर सेल्फी काङ्ग्रेस हुनेछन ! अर्को मुल मन्त्र - सेल्फी खिच्न टाँस्सिने र घरमा दर्शनभेटका लागि हाजिर हुने भन्दा दुर्गम गाउँमा बसेर काङ्ग्रेस सुधारको चिन्ता गर्ने चै पक्का काङ्ग्रेस हुन र उनिहरुको सम्मान गर्नुपर्छ भन्ने बुझ्न दाईले ढिलाइ गर्नुहुन्न !

मैले नगर चुनाव लगत्तै निर्वाचित नगर सभापतिलाई सुझाव दिएको थिएँ - ' भाई ! अब हामीले नगर भित्रका ' पोलिटिकल डिप्रेसन ' बाट ग्रस्त बारिका डिलमा पुगेका पुराना काङ्ग्रेसलाई पार्टी अफिस सम्म ल्याउने जमर्को गर्नुपर्छ ' ! उनको त्यसबेलाको ' हुन्छ दाई ! यो सारै राम्रो सुझाव हो ' अहिले कता पुग्यो ? थाहा छैन ! हुन त आफ्नो नाम राम लेख्नुपर्नेमा चाकडिको धुनमा कृष्ण लेख्न पुग्ने अनि आफ्नो नगरको पहिलो सभापतिको नाम समेत बताउन नसक्ने बाट काङ्ग्रेस सपार्ने आशा गर्नु मेरै मुर्खता थियोे ! न त अहिले कावा पाएका नकुल काजी र नक्कल काजी छुट्याउन नसक्ने कावा सभापति बाट कुनै रचनात्मक कार्यको आश !

सुझावकै क्रममा कुनै एउटा  वरिष्ठ ( ? ) को नामै तोकेर ' यस्ता भष्मासुर लिएर कसरी चुनाव जितिन्छ दाई ' ? भन्दा चुनावका बेला यसो नभनौ भन्नू भो दाईले ! कहिले शिशु प्रजातन्त्र भनियो बोल्न दिईएन ! कहिले दरबारको चलखेल भनेर बोल्न दिईएन ! कहिले लोकतन्त्रका नाममा मुख थुनियो ! कहिले गणतन्त्रका नाममा हात खुट्टा बाँधियो ! कहिले नेताको घरमा सराद्धे कहिले नेताको घरमा न्वारान ! बोल्ने कहिले ? अहिले सुनिदैछ ती भष्मासुर महोदय अरुलाई ठिक पारेको पिण्ड आफैं हसुर्ने हुँदा निलम्बनमा परेका छन रे ! जो काङ्ग्रेसका लागि सुखद हो !

डेग्लो मिलन पछि घरमै भेट्ने सल्लाह अनुसार कुनै असन्तुष्टलाई भेट गराई दिएर केही भित्री सल्लाह दिन ' स्थानीय बालुवाटार ' पस्नुनै मेरालागि हँसिया निले सरह भो ! अघिल्लो दिन निलियो निकाल्दा भोलिपल्ट आफ्नै ' पिछवाडा ' रक्ताम्य भो ! बजार हल्ला - मिल्यो ! पैसा खायो !!

पस्दा ज्योति मगरझैँ तिघ्रा पड्काउदै पसियो  ! निस्किदा भेलु बाजे पो भईयो ! हुन त आची खान पल्केको कुकुरले बेसनको पहेँलो  लड्डुलाई आची देख्नु स्वभाविकै हो ! आची हसुर्न पल्केकाले लड्डु कसरी चिनुन ? म त बेसनको लड्डु रुपि सुझाव लिएर त्यहाँ पसेको थिएँ ! भेट्दा पैसा खायो ! नभेट्दा सघाएन ! बोल्दा मुख लाग्यो नबोल्दा चुप लाग्यो भनेझैँ ! गर्ने चै के त ?

खैर ! चुनाव सकियो ! हारजित बक्सा भित्र छ ! कामना गरौं - काङ्ग्रेसको बिजय होस ! काङ्ग्रेसको कल्याण होस ! हुन त देउवा रहुन्जेल यो सम्भावना न्यून छ ! तर गगन र बिसु जस्ताको आश जिवितै रहुन्जेल यति कामना गर्न सकिन्छ !

झापा ३ को परिणाम जे जस्तो आएतापनि दाईले गर्नैपर्ने काम भनेको बिहान चना डकार्ने दिउँसो सेल्फी लिदै सोलिड छ दाई भन्ने र बेलुका भट्टी पसेर भजन तन्काउने ' सेल्फी काङ्ग्रेस ' बाट जोगिनु पर्छ ! '  सोलिड छ दाई ! तपाईंले केही गर्नैपर्दैन ' भन्दै पगितो हावा भरेर पड्काउने कलाकार बाट सतर्क हुनुपर्छ ! दाईले हार्दा हराउने भनेका यिनै भष्मासुर सेल्फी काङ्ग्रेस हुनेछन ! अर्को मुल मन्त्र - सेल्फी खिच्न टाँस्सिने र घरमा दर्शनभेटका लागि हाजिर हुने भन्दा दुर्गम गाउँमा बसेर काङ्ग्रेस सुधारको चिन्ता गर्ने चै पक्का काङ्ग्रेस हुन र उनिहरुको सम्मान गर्नुपर्छ भन्ने बुझ्न दाईले ढिलाइ गर्नुहुन्न ! पुराना काङ्ग्रेसलाई दाम हैन सम्मान दिनुपर्छ ! हैसियत अनुसारको जिम्मेवारी दिनुपर्छ जुन काङ्ग्रेसको अनिवार्य सर्त हो !

आउँदो चुनाव अहिले जस्तो पक्कै हुनेछैन ! निर्दलिय दासता बाट मुक्ति खोज्न ज्यानको बाजि लाएर हिंडेका काङ्ग्रेस जिवितै छन जो दलिय दासतामा जकडिन किमार्थ चाहदैनन ! चुनौतीको झिल्को सल्किसकेको छ ! सलाईको काँटि चुलोमा बल्दा भात पाक्छ ! जङ्गलमा बल्दा डढेलो लाग्छ !! बेलैमा चेत खुलोस !
                 जय नेपाल !!!!                          

    
          
           

प्रतिक्रिया