आमनिर्वाचन- २०७९

घरदैलोमा पुगेर गगनले भने-'म प्रत्येक निर्वाचनमा डराउँछु'

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा बिजयी भएपछि प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने वाध्यता भएकाले प्रतिनिधिसभा निर्वाचनमा जित्को विकल्प नरहेको बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा बुधबार बिहान घरदैलो कार्यक्रममा सहभागी थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि प्रतिष्पर्धा गर्ने बताका छन्। थापाले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको दोहोर्याए।

 ‘हामीले अहिले सांसदका लागि लडेका छौँ, त्यसपछि संसदीय दलको चुनाव हुन्छ, त्यसका लागि म लड्ने हो, जित्ने हो’ थापाले भने, ‘त्यसपछि जो नेपाली काँग्रेसको संसदीय दलको नेता हुन्छ, त्यही प्रधानमन्त्रीको उम्मेदवार हुने हो।’  

हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्नेकुराले डर लाग्ने गरेको उनले बताए। उनले यस अघिको चुनावमा धेरै स्थानमा उत्साह र शुभेच्छा देखिए पनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आममानिसको शुभेच्छा र उत्साह कम हुँदै गइरहेको चर्चा गरे। आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आमनागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने प्रतिवद्धता जनाए।

‘यो भन्दा अघिको चुनावमा जस्तो उत्साह र शुभेच्छा देखिन्थ्यो, त्यो देख्न छोडिएको छ। मेरो सन्दर्भमा नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने जुन संकल्प गरेको छु, त्यो संकल्पसँग जोडिएर त्यो सुभेक्षा जानुपर्छ, लड्नुपर्छ, भिड्नुपर्छ, हुनुपर्छ, बदल्नुपर्छ भन्ने शुभेच्छाहरु पाएको छु। म प्रत्येक निर्वाचनमा डराउँछु। निर्वाचनमा डराउँछु भनेको त्यसले आफूलाई अनुशासित बनाउँछ, मतदातासँग सम्पूर्ण शक्ति निहीत हुन्छ भन्नेकुरालाई विश्वास गर्नुपर्छ। मसँग आफू बाहेकको मत हुँदैन, त्यसैले मतदातासँग शक्ति छ भनेर डराउनुपर्छ।’ युवा नेता थपाले बताए। 

प्रतिक्रिया