महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी

काठमाडौं। एएफसी यु–२० (२० वर्षमुनि) उमेर समूहको महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी मा परेको छ ।   
    
एशियाली फुटबल महासङ्घ (एएफसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बी मा परेको हो । नेपालको समूहमा प्यालेष्टाइनल, संयुक्त अरब इमिरेट्स (युएई) र नर्दन मारियाना आइल्याण्ड छन् । समूह बी को खेल प्यालेष्टाइनले आयोजना गर्नेछ । उक्त खेल आगामी मार्च ४ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ ।  
    
छनोट खेलमा सहभागी ३१ राष्ट्रका खेलाडीलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता टोलीले दोस्रो चरणका लागि स्थान बनाउनेछन् । दोस्रो चरणमा उत्कृष्ट हुने चार टोलीले सन् २०२४ को मार्च ३ देखि १६ तारिखसम्म उज्वेकिस्तानमा आयोजना हुने यु–२० महिला एशियन कपमा सहभागिता जनाउनेछन् । रासस

प्रतिक्रिया