ज्योतिषीय पूर्वानुमान: माघ २ गतेसम्म संकटैसंकट 

दृक सिद्धान्त अनुसार आज बिहान ६र५५बजे नेपालको आकाशमा पनि मंगल बक्रि भएको देखिन्छ। मंगल बक्रि अक्षांश देशान्तरका आधारमा कहिँ कति बजे अगाडि र कहिँ कति बजे पछाडि हुनु स्वाभाविक भयो। यद्यपि बक्रि बन्दै गर्दा मंगल एक क्रुर ग्रह भएकोले दक्षिण  कोरियामा भाग दौडमा १५२ ब्यक्ति मरेको र छिमेकी भारतमा पुल भत्कँदा ठूलो संख्यामा मानिस हताहत भएको समाचारले पूर्व संकेत देखायो। मैले यस पूर्व नै मंगलको स्वभावको बिषयमा लेखीसकेको छु।

मंगल मिथुन रासिमा बक्रि र आफ्नो नक्षत्रमा बक्रि हुँदै चन्द्रमा, सूर्य एबं शुक्र समेतलाई क्रमशः प्रभाव पार्ने त छँदैछ। अबका ७२ दिन लगातार बक्रि बन्ने मंगलले विश्वमा उथलपुथल ल्याउने निश्चित छ। आार्थिक मन्दि, भूकंप, युद्ध, रगत र बोनम्यारोको रोगहरू उत्पन्न हुनसक्ने सम्भावना प्रवल रहन्छ।

आज कार्तिक १४बाट कार्तिक २८सम्म मिथुन रासि कम्युनिकेशनको रासिमा बक्रि मंगलले आकाशमा रहेका भू उपग्रह स्याटेलाइटमा क्षति, दूर संचारको प्रविधिमा क्षति, अनि हवाई दुर्घटनाका समाचार धेरै सुन्नुपर्ने अवस्था छ। किनकि शनिसँग अहिले षडाष्टक योग र कार्तिकबाट माघ २ सम्म समसप्तक योग बनाउने हुनाले आगलागीका घटनाहरू बड्न सक्छन्। डकैती, चोरी, लुटपाट लगायत आतंककारीहरू बढ्ने, धार्मिक तथा जातीय युद्धहरू बड्ने विश्वभर देखिने वा सुनिने संभावनालाई नकार्न मिल्दैन। यो समयमा बिद्रोह धेरै बड्छ।

नेपालको रासिका स्वामी मंगल अष्टमभाव अर्थात् मृत्युभाव र २७ गते कार्तिक पछि सप्तम मारकेशभाव एबं सीमा दुर्गभावमा बक्रि हुनाले सीमावर्ती क्षेत्रमा यस्ता घटनाहरूको बाहुल्यता रहन सक्छ। कतै कतै छिमेकी राष्ट्रसँग गोली हानाहानको स्थिति पनि आउन सक्छ। दक्षिणी छिमेकीसँगको सम्बन्धमा चिसोपन उत्पन्न हुने, नाकाबन्दी हुने संभावनालाई पनि नकार्न मिल्दैन। मृत्युका घट्नाहरू बड्ने, मंगल खासगरी आकस्मिक दुर्घटनाका कारक, मासडेथका कारक भएकोले यात्रामा, भीडमा, कोलाहलमय वातावरणमा सचेत रहनु वेश हुनेछ।

कार्तिक २७ बाट रासि बृष  र चन्द्रमाको नक्षत्रमा बक्री हुने मंगलले, चलचित्र जगतमा, सेलिब्रेटिहरूमा, सिनेमा घरमा, मिडियहाउसमा, समाचार प्रचारप्रसारगर्नेहरूमा दुर्घटना गराउने संभावना बढी रहन्छ। तसर्थ ती क्षेत्रले सावधानी अपनाउनु पर्नेछ। मंगल, सेना सुरक्षा, प्रहरी र खलनायकहरूको समेत कारक भएको कारण उत्पन्न हुनसक्ने देशको परिस्थिति प्रति सुरक्षा सतर्कता ढीलो नगरी अपनाउन राम्रो हुनेछ। अभिचार, ब्यभिचार र भ्रष्टाचारमा अलि शनि निर्मम बन्ने भएको कारण त्यस्ता वृत्ति बोकेका मानिसहरूलाई कठिन हुनेछ। सामान्य मानिसले हुलमुलमा ज्यान जोगाउने उखान पालन गर्नु बेश हुनेछ।बलात्कारका घटनाहरूका समाचार सुन्न भन्दा सतर्कता अपनाउनु राम्रो हुनेछ।

कथंकदाचित विश्वमा उत्पन्न कुनै परिवेशका कारण नेपालको निर्वाचनमा प्रभाव परेन भने चुनावमा उच्च सतर्कता नअपनाए अवाञ्छित घटनाहरू धेरै घट्न सक्ने प्रति पनि सरकार तथा मतदाता दुवै तर्फले संचेत रहनुपर्नेछ। जनताको तर्फका शनि र सरकार तर्फको मंगलको योगले जनतालाई राहत भन्दा बढी यो आगामी  चुनावमा आहत मिल्ने बुथ क्याप्चरका घटनाहरूको बाहुल्यता बढ्नेछ। निर्धालाई चुनाव सहन गर्न कठिनाइ उत्पन्न नहोला भन्न सकिने अवस्था छैन। यस अवस्थाबाट राहत पाउन भने कुम्भमा शनि नसरेसम्म सम्भव देखिँदैन। यस अवधिमा जनताले अपेक्षित रुपमा सुविधा पाउने अवस्था देखिँदैन। जब माघ २ गते शनि कुम्भस्थ हुनेछन्, अनि जनताको सरकार तीस महिना भित्र विस्तारै निर्माण हुनेछ। तब मात्र जनताले राहत पाउने र भ्रष्टाचारीले दुर्गति प्राप्त गर्ने अवस्था आउनेछ।

प्रतिक्रिया