मध्यरातमा एमालेकोे निर्णय, अब ७ उपाध्यक्ष र ३ उप महासचिव


काठमाडौं ।  नेकपा(एमाले) केन्द्रीय समितिको ‘मध्यरात’मा बसेको वैठकले केन्द्रीय कमीटी २२५ सदस्यीयबाट ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ । 

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो फेसबुक पृष्ठमा हस्तलिखित विज्ञप्ति जारी गर्दैै जानकारी दिएका हुन् । राती १२ बजेर ५० मिनटमा योगेशले यो हस्तलिखित विज्ञप्ति जारी गरेका हुन् । 

‘मध्यरातमा बैठक भएकाले निर्णय हस्तलिखित जारी गरिएको छ’ भन्दै योगेशले वैठकले ९९ सदस्यीय पोलिटब्युरोको व्यवस्था गर्ने निर्णय गरेको पनि जनाएका छन् । 

अब एमालेको केन्द्रिय समितिमा बरिष्ठसहित ७ उपाध्यक्ष हुनेछन् भने ३ उपमहासचिव हुनेछन् । अन्य पद यथावत रहेको विज्ञप्तिमा उल्लेख छ । 
यसैगरी अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग २५ सदस्यीय हुने पनि योगेशले जनाएका छन् । 

एमालेको केन्द्रीय नेतृत्वको संरचना अब यस्तो हुनेछ, 

अध्यक्ष–१ 
वरिष्ठ उपाध्यक्ष–१ 
उपाध्यक्ष–६ 
महासचिव–१ 
उपमहासचिव–३ 
सचिव–७ जना
केन्द्रीय कमिटी ३०१ सदस्यीय
अनुशासन, लेखा र निर्वाचन आयोग २५ सदस्यीय

yogesh

प्रतिक्रिया