नवाैं बृहत राष्ट्रिय खेलकुद

निसिमलाई नेपाली सेनाको उच्च सम्मान, ४० जनाले अन्तिम सलामी दिए

पाेखरा। प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका नेपाल आर्मीका खेलाडी निसिम थापाकाे उच्च सम्मानका साथ अन्त्येष्टी गरिएको छ। 

गण्डकी प्रदेशका मन्त्री, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा नेपाल आर्मीका प्रतिनिधि र खेलाडीहरुकाे उपस्थितिमा साेमबार दिउँसो पाैने १ बजे रामघाटस्थित गुम्बामा उनकाे अन्तेष्टी गरियो। थापाकाे अन्त्येष्टीमा सयाैंकाे संख्यामा खेलाडीहरु श्रद्धाञ्जी सभामा उपस्थित भएका थिए। 

थापालाई नेपाल आर्मीका २ जना कप्तानसहित ४० जनाले अन्तिम सलामी दिएका थिए। नेपाल आर्मीमा निधन भएका आफ्ना र्‍याङका अफिसरहरुलाई एक जना कप्तानसहित ११ जनाले सलामी दिने चलन छ। तर, थापालाई २ जना कप्तानसहित ४० जनाले सलामी दिएका थिए। 

‘निसिम नेपाल आर्मीका हाेनहार खेलाडी थिए। उनकाे निधन राष्ट्रका लागि अपूरणीय क्षति हाे,’ नेपाल आर्मीका मेजर सागर शमशेर थापाले दृश्य टिभीसँग भने, ‘हामीले उच्च सम्मानका साथ सलामी दियौं। अहिलेसम्म ठूला र्‍याङका अफिसरकाे पनि यस्तो बिदाई भएको थिएन।’

नवाैं बृहत राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङकाे क्रसकन्ट्रीतर्फकाे स्पर्धामा भाग लिने क्रममा साराङकाेटमा आइतबार दुर्घटनामा पर्दा निसिमकाे ज्यान गएकाे थियो। उनी याे स्पर्धाकाे स्वर्ण पदकका दावेदार मानिन्थे। आठौं बृहत राष्ट्रिय खेलकुदमा उनले आर्मी क्लबलाई रजत पदक दिलाएका थिए। 

यो पनि

‘मर्चरी हाउस’ अगाडि आमाको चित्कार, ‘गोल्ड जित्छु भन्दै थियो’

प्याराग्लाइडिङ खेलाडी थापाकाे अन्त्येष्टी बौद्ध धर्म अनुसार साेमबार बिहान

प्रतिक्रिया