मंसीर ४ को चुनाव कसलाई फाप कसलाई अफाप? (ज्योतिषीय विश्लेषण)

२०७९ सालको मार्ग ४ गते नेपालको संसदीय चुनाव हुन तोकिएको मिति हो।

उक्त दिन तनहुँ पूर्वको नेपाली पूर्वी आकाशमा नेपालकै रासि बृश्चिकमा र कन्या नवांशमा  उदय हुने लग्नमा सूर्य बलवान छन्। तर पनि नेपालको तनहुँ पश्चिममा सोही लग्नमा सिंह नवांशमा चुनावको साइत त्यताका मानिसलाई सकारात्मक हुनुले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको सिंह लग्न भएको कारण उनलाई जति ‘फेवरेवल’ त्यो चुनावी साइत छ। त्यति नै नकारात्मक उनका विपक्षीलाई छ, चाहे ती पार्टी हुन् या व्यक्ति उनीहरुलाई भने सुखद देखिँदैन।

तसर्थ चुनाव भयो भने प्रधानमन्त्री देउवा र उनका निकटस्थ मानिसहरू सहजै जित्ने योग छ।

अब चुनाव नहुन सक्ने कारण एउटै छ, त्यो हो विश्वको युद्धको परिवेश।

सबै साइत नेपाली आकाशको क्षितिजमा मिलाएर पनि विश्वलाई नजर अन्दाज गरिएको छ। सात सर्प नक्षत्र मध्ये अब अक्टोबर १७ तारिक अर्थात् असोज ३१ गतेबाट केतु मायावी ग्रह सर्प नक्षत्र श्वातीमा प्रवेश छ। उता केतु मिननवांशमा  हुनुले धार्मिक ग्रह गुरु प्रभावित भयो। फेरि मंगल मिथुनको प्रथम नवांश अर्थात् मृगशिरा स्वनक्षत्रमा कार्तिक १६ बाट बक्रि छन्।

राहु, केतु र युरेनश सदैव बक्रि नै रहन्छन्। बुध समेत प्रभावित भयो। अब सिंहलग्नमा उदाउने सूर्य, बुध, शुक्र केतु कार्तिकमा मंगल बक्रि भएको बखत सूर्य निचस्थ छन् र केतु सर्प नक्षत्रका साथमा छन्। अतः बुध, शुक्र र स्वयं सत्ताका कारकेश सूर्य लगायत यी चार ग्रह र १८० डिग्री पर रहने राहु मायावी ग्रह समेत प्रभावित हुनु श्वाति नवांशको 6°40 भित्र गुरु प्रभावित हुनु फेरि नवांशमा कुम्भ शत्रु राशिमा भएको बखत केतु बिशाखामा सर्नु र मंगल बक्रि हुनुले युद्ध निश्चित जस्तो देखिएको छ।

यस्तो अवस्थाका कारण त्यो युद्धले छिमेकी राष्ट्र भारत, चीन एबं नेपालको आर्थिक सहयोग गर्ने राष्ट्र अमेरिका पूर्ण प्रभावित रहनाले नेपाल फिनान्सियल गणितले पूर्ण प्रभावित रहने भयो भने आकाश तत्वका कारक ग्रह र भौतिक उपलब्धि एबं यथार्थका कारक ग्रह शुक्र तुलाका मालिक भएको कारण पनि प्रभावित हुनु अनि अक्सिजनका कारक ग्रह शनि बक्रि मकर रासीमा मन्द हुनुको फलादेश युद्ध निश्चित छ। 

नेपाल प्रभावित हुनुका कारण के चुनाव हुन सक्छ? यो प्रश्न लगायत नाडी ज्योतिषको तात्कालिक महादशा सूर्य अन्तर केतु र प्रत्यन्तर दशा शुक्र समेत र बुध समेत नाडीमा चार, छ, आठ बार्हभावमा प्रभाव जमाउनु एबं गुरु आठ र बार्ह भावमा प्रभावमा रहनुले युद्ध निश्चित देखिन्छ। सर्प नक्षत्रको केतुका प्रभावमा धेरै ग्रहहरु पर्नुले तथा शनि मकरस्थ बक्रि बनेर गुरु चाण्डाल योग सिंहरासि शासक ग्रह सूर्यलाई प्रभावित पारिरहेको अवस्था छ। शनि सूर्य एकार्कामा शत्रु रहनु र नवाँशमा शनि सूर्यका घरमा बक्रि रहनुले आक्रोशित देखिन्छ।

तैपनि चुनाव नियमित प्रक्रिया हुँदाहुँदै पनि देशमा आक्रोशित जनलहर देखा पर्नु र हतियारका कारक ग्रह मंगलको बक्रत्वले कतै अराजक भीड र उपद्रवका कारण सेना अघि सर्नु पर्ने र संकटकाल उत्पन्न हुन सक्ने अवस्था कार्तिक १७ बाट उत्पन्न भै २८ दिन भित्र यो अवस्था सिर्जना हुनसक्ने संभावना रहेकाले चुनाव प्रभावित हुनसक्छ। (ज्योतिषी उदय निरौलाको ज्योतिषीय विश्लेषणमा आधारित)
 

प्रतिक्रिया