दशैं आयो खाउँला पिउँला

दशैं खानपानबारे आयुर्वेद के भन्छ ? 

डा. प्रशान्त बस्नेत -

दशैंमा नेपालीको भान्छामा मासु अत्याधिक रुपमा पाक्ने गर्छ । यसैगरी चिल्ला मिठाई र रोटी, पिरो र अमीलो अचार धेरै खाने गरिन्छ । मदिराको त खोलो नै बग्छ । खसीको कबाब बनाएर एक दिन हैन, तिन चार दिनसम्म राखेर खाने हाम्रो चलन छ । तर के यसो गर्नु स्वस्थबर्धक हो त ? पक्कै  हैन । दशैको बेला दुइ चार दिन जिब्रो स्वादका लागि खाइने यस्ता परिकारले अन्ततः महिनौं दिनसम्म हाम्रो शरीरमा नकारात्मक असर पारीरहेको हुन्छ । यसो भन्दैमा यी परिकारको मजा लिनै हुँदैन भन्ने पनि हैन । 

यस्ता चाड पर्वका बेला खानपीनमा रमाउँदा के के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे हाम्रो प्राचीन चिकित्सा विज्ञान आयुर्वेदले धेरै कुरा प्रकाश पारेको छ । धनवन्तरी, चरक, सुश्रुत र देवकुमार अश्वीनीजस्ता ती प्राचिन ऋषिहरुले हजारौं वर्ष पहिले नै हामीलाई भोजन कला सिकाएर गएका छन् । आउनुस्, दशैंको खानपिनमा रमाउँदै गर्दा हामी आर्युबेदको त्यो पक्षको चर्चा गरौं, जसले हामीलाई ठिक ठिक ढँगले ठिक ठिक चिज   खान सिकाउँछ ।  DF

पथ्यापथ्यको महत्व

‘पथ्य’ भन्नाले संस्कृतमा पथको लागि हितकारी भन्ने बुझिन्छ भने अपथ्य त्यसको विपरित । पथ भनेको शरीरमा विभिन्न तत्वहरुको आवागमनका लागि स्रोत वा अवकाशयुक्त बाटोहरु हुन् । पथ्य आहार विहारले शरीर र मन दुबैलाई सुखी र सन्तुष्टि दिलाउँछ ।

सामान्य भाषामा भन्नुपर्दा रगत बग्ने शिरा, धमनीदेखि लिएर श्वास बग्ने श्वासनली र अन्न बग्ने अन्ननलीसम्म सबै पथ वा स्रोत हुन् । हरेक बिरामीले मात्र नभई स्वस्थ व्यक्तिले पनि उसको शाररिक तथा मानसिक अवस्था, प्रकृति (व्यक्तिको मौलिक गुण), देश(भौगोलिक अवस्था), काल(बर्षको हिउाद र बर्खा याम), वय, अग्नि(व्यक्तिको पचाउने क्षमता), सात्म्य(मन पर्ने, नपर्ने) आदि बिचार गरि खान-गर्न हुने(पथ्य) र खान-गर्न नहुने (अपथ्य) पक्षलाई राम्रोसँग बुझ्नु आवश्यक छ । 

आयुर्वेदमा पथ्यापथ्यको निकै महत्व छ्र । आयुर्वेद पद्धति अनुसार रोग उत्पन्न हुनुमा एउटा मुख्य भूमिका अपथ्य आहार÷विहारको हुने गर्दछ्र । उदाहरणका लागि चिल्लोको मात्र रगतमा बढी भएका बिरामीहरुका लागि रातो मासु तथा बोसो भएको मासु खानु अपथ्य हो, किनभने यसो गर्दा तुरुन्त रोगीको रक्तमा टि.जी., एल.डी.एल.को मात्रा बढाईदिन्छ र यसले दिर्घकालिन रुपमा रक्तनलीमा र त्यसमा पनि विशेषगरि मुटुको कोरोनरी आर्टरीमा चिल्लोको मात्रा (प्लेक)जम्न जान्छ । जसबाट मायोकार्डील इन्फार्कसन(हृदयाघात)को सम्भावना रहन्छ ।

हिमाली भेगमा बसोवास गर्नेका लागि चिसो वातावरणलाई छल्न उष्ण, गुरु खानपान र न्यानो कपडा लगाउनु पथ्य हुन्छ्र । तराईमा भने उष्ण मौसमबाट बच्न पातलो कपडा, चिसो पानि र शितल गराउने खानपान पथ्य हुन्छ्र । त्यस्तै कब्जियत हुनेका लागि सागसब्जी, गहुँ खानु पथ्य हुन्छ भने मासु, गेडागुडी बढी खानु अपथ्य हुन्छ । 

मासुको मात्रा 

अहिलेको अस्तव्यस्त समाजमा उचित रुपमा व्यायाम, आराम र खानाको अनुपात नमिल्दा कैयौ नसर्ने रोगहरु जस्तै सुगर, उच्च रक्तचाप, युरिक एसिडलगायत उत्पन्न हुन्छन् । र दशैं नै यस्तो पर्व हो, जहाँ हाम्रो खानाको सन्तुलन मिल्दैन । टिका लगाउन विभिन्न आफन्तकहाँ जाँदा केही न केही खानै दिन्छन् । नखाए आफन्तले चित्त दुःखाउलान भनेर एक दुइ टुक्रा मासु खाइहालीन्छ । यो स्वाभाविक हो । 

तर हामीले बुझ्नुपर्छ, दशैं शरद ऋतुमा पर्छ र यस ऋतुमा पित्तको प्रकोप हुन्छ । अर्थात शरीरको अग्नि क्षिण हुन्छ्र । यस कारण खानामा रुची पनि कम नै हुने गर्दछ्र, तैपनि खाइरहनुपर्छ । हो असन्तुलन यहीनेर हुन जान्छ । शरद ऋतुलगत्तै हेमन्त ऋतुको आगमनसंगै हिउद याम सुरु हुन्छ । शरद ऋतुको उत्तरार्धबाट नै केहि अग्नि बल र खानामा रुचीमा वृद्धि महशुस गर्न सकिन्छ्र ।

दशैंमा बिशेष रुपमा मासुजन्य पदार्थको उपभोग गरिने भएकाले अग्निको ख्याल राख्नु पर्दछ्र । मासु पचाउन गार्हो पर्छ्र । तसर्थ वयस्क व्यक्तिले मासुमा नियन्त्र नै कायम गर्नुपर्छ । एक व्यक्तिले मासुको उपभोग दिनमा बढीमा १०० ग्राममा सिमित गर्नु वेश हुन्छ्र । बढी मासु खाँदा अग्निले काम bimage-Mutton Meatगर्न सक्दैन अपच भई समस्या हुन्छ्र । 

मसला कस्तो ? 

मसला पनि खानपिनको मुख्य पक्ष हो । दालचिनी, जिरा, धनियाँ, लसुन, अदुवा, सुकमेल प्रयोग गर्दा यसले शरीरको अग्नि बढाई भोक जगाउँछ र खाना पचाउँछ । यस्ता मसाला सकेसम्म बाहीरबाट किनेर ल्याउनुभन्दा घरमै तयार गर्नु उपयुक्त हुन्छ । बजारमा पाइने मसालाहरुमा अनेक मिसावट हुने भएकाले घरमै ओखलमा पिसेर तयार गरिने मसाला उत्तम । हेक्का रहोस्, यहाँ उल्लेख गरिएका धेरै मसालाहरु औषधिय गुणले भरीएका हुन्छन् । 

झोंलमा डुबेर मरीदैन

नेपालीमा एउटा उखान छ, ‘चोक्टा खान गएकी बुढी झोंलमा डुबेर मरी’ । 

चोक्टा भन्नासाथ मासुको कुरा आउँछ । तर, स्वास्थ्यका दृष्टिले हेर्दा यो उखानमा थोरै सच्याउनुपर्ने हुन्छ । चोक्टै चोक्टाले भरीएको र डिप फ्राइ गरिएको मासु भन्दा झोंलीलो मासु सुपाच्य हुन्छ । अतः झोंलमा डुबेर मरीदैन ।  

मासुलाई पोलेर, तारेर, बार्बेक्यू गरेर र खासगरी बोसै बोसो हुने  गरी कबाब बनाएर खाने चलन छ । यस्तो मासुले कब्जीयत मात्र गराउँदैन, रगतमा टि. जी. , एल. डी. एल. बढी भएकालाई अपथ्य हुन्छ्र । बरु, झोंल बनाएर खाँदा बोसो पग्लिन्छ र चिल्लो खपत कम हुन्छ । तार्दा र पोल्दा प्रोटिनको झनै सुगठन हून्छ, झोंल मासु भने पचाउन पनि सहज हुन्छ । 

दशैंमा परिवारका सबैजना जम्मा भई तास इत्यादी खेल्ने गरिन्छ । यसरी जुवाको खालमा अहोरात्र बस्ने प्रवृत्ति पनि हामी पाउँछौं । यसले शरीर चलायमान हुन पाउँदैन र खाएको पनि राम्ररी पच्दैन । त्यसमाथि अनिद्रा । अतः जुवा तासमा अलमलीनुभन्दा घुम्नु, टहलीनु , पिङ खेल्नु जाति । यसो गर्दा व्यायाम पनि हुन्छ र अग्नि बढी पाचनमा पनि सहयोग पुग्छ । 

सँधै पालना गरौं 

पथ्यापथ्यको बिषयमा ‘वैद्य जीवनम्’मा भनिएको पनि छ- 

‘पथ्ये सति गदार्तस्य किमौषधनिषेवणै्र
पथ्ये ऽसति गदार्तस्य किमौषधनिषेवणै’

अर्थात यदि पथ्यको पालना गरिएको छ भने औषधिको के खाँचो ? यदि पथ्यको पालाना गरिएको छैन भने औषधिको प्रयोग गरेर पनि के नै हुन्छ     र ?

आयुर्वेदले सन्तुलित आहार÷बिहारलाई कति महत्व दिएको छ भन्ने यस श्लोकबाट स्पष्ट हुन्छ । आयुर्वेदको मुख्य ग्रन्थमध्ये चरक संहितामा ऋतुचर्या (ऋतु अनुसार पालना गर्नुपर्ने नियम), दिनचर्या(बिहान निद्राबाट जागेपछि फेरी सुत्नुअघि दिनभर पालना गर्नुपर्ने नियम)जस्ता सुक्ष्म बिषयमा व्याख्या गरिएको पाइन्छ् । आयुर्वेदको उपयोगिता दशैं चाडमा मात्र नभइ यो जीवन विज्ञानको उपयोगिता सार्वभौम छ । सनातन विद्या भएकाले युग युगान्तरसम्म यसको महत्ता कायमै रहनेछ । यस विद्याको  सिघ्रातिसिघ्र उचित प्रयोग, संरक्षण र प्रवर्धनमै मानवताको हित देखिन्छ । (आर्काइभबाट)
 

प्रतिक्रिया