काठमाडौं । प्रतिनिधि सभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ ।
समितिको बैठकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने वा नराख्ने भन्ने विषयमा सदस्यहरुबीच छलफल चलिरहेको छ।
विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकेर समितिले विधेयक प्रतिनिधिसभामा पठाउनु पर्ने छ । उपसमितिले बुझाएको प्रतिवेदन समितिबाट पारित भएपछि प्रतिनिधिसभामा टेबुल गरिने छ ।
एसईईको परीक्षाफल प्रकाशित भएको भोलिपल्ट बसेको बैठकमा माध्यमिक शिक्षा परीक्षा एसईईको व्यवस्थालाई निरन्तरता दिने किन नदिने भन्नेबारे छलफल भैरहेको छ ।
एसईई परीक्षाफलका बारेमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिनिधिसभामा चर्चा गरेका थिए । विद्यार्थीहरुको कडा मेहनतको प्रतिफल राम्रो आएको भनेर उनले प्रशंसा गरेका थिए ।
सरकार र नेपाल शिक्षक संघबीच १५ असार अर्थात् भोलि आईतबार विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने सहमति भएको थियो । आज समितिले छलफल सक्यो भने भोलि विधेयक संसदमा प्रवेश हुने सम्भावना देखिन्छ । सत्तारुढ दलहरुबीचको सहमतिमा यो बिषय निर्भर रहने देखिन्छ । फायल तस्बिर
प्रतिक्रिया