फोहोरबाट मोहरको कथा–४

ट्युनेसियाका युवाको चमत्कारः हावाबाट शुद्ध पिउने पानीको आविस्कार

पिउने पानी बिलासिता जस्तो भएको छ। किनभने विश्वमा १ अर्ब १० करोड मानिस पानीको पहुँचबाट बञ्चित छन्। २ अर्ब ७० करोड मानिस वर्षमा कम्तिमा एक महिना पानीको अभाव महसुस गर्छन्। 

विश्वका झण्डै एक तिहाई विद्यालयमा सफा पिउने पानीको अभाव छ। दुर्षित पानीको कारण ५ वर्ष मुनिका ५ लाख बालबालिकाको वर्षनी निधन हुने गरेको छ। मानव जातिले अहिले सबैभन्दा बढी संघर्ष गरिरहेको चिज नै पिउने पानी हो। सन् २०४० सम्म ६० करोड बालबालिका अत्यन्त्य सिमित जलश्रोत भएको ठाउँमा बस्न बाध्य हुने एउटा तथ्यांकले जनाएको छ। 

यो तीतो यर्थातलाई परिवर्तन गर्ने काममा ट्युनेसियाका युवाहरूले हालै एउटा महत्वपूर्ण उपलब्धी हात पारेका छन्। उनीहरूले भर्खरै एउटा यस्तो मेशिनको आविस्कार गरेका छन्, जसको सहयोगले हावाबाटै पिउने पानी उत्पादन गर्न सकिने छ। 

यो पनि: फाेहोर प्लाष्टिकबाट तेल बनाउने भारतीय जाेडी

डम्पिङ साइटलाई यसरी बनाइयो ‘अर्बन भेजिटेबल गार्डेन’

फोहोर मास्कबाट सडकको निर्माण

अफ्रिकी देश ट्युनेसियाका कुमुलुस समूहले यस्तो मेशिनको आविस्कार गरेको हो। संयुक्त राष्ट्र महासभाले पिउने पानीमाथिको पहुँचलाई मानव अधिकारको रूपमा व्याख्या गरेको छ। एक प्रकारले भन्नु पर्दा, ट्युनेसियन टेक स्टार्ट–अपले यो परियोजनामार्फत् युएनको लक्ष्यलाई पूरा गर्ने अभियान सुरु गरेको छ। 

कुमुलुस समूहले आविस्कार गरेको मेशिनले उत्तर अफ्रिकी मरुभूमि जस्तो सुख्खा क्षेत्रमा पिउने पानीको अभावलाई पूर्ति गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्छ। वास्तवमा भन्नुपर्दा, यी क्षेत्रका स्कुल तथा गाउँहरूमा यो उपकरण बरदान सावित हुनसक्छ। यसले प्लास्टिकको बोतलमा पाइने पानीको प्रयोगलाई पनि निरुत्साही गर्नेछ। 

मेशिनमा हावा प्रवेश गर्छ र प्रदुषकबाट सफा गर्न पहिलो एयर फिल्टरबाट जान्छ। त्यसपछि हावालाई चिसो गरेर यसमा रहेको पानी मेसिन भित्रको सतहहरूमा गाढा हुन्छ। जहाँबाट यसलाई पानीको ट्यांकीमा जम्मा गर्न सकिन्छ। 

kumulus1

समूहका सदस्यहरूले पनि कारखाना, कार्यालय र होटलहरूमा प्लास्टिक पानीको प्रयोग कम गर्न आब्हान गरेका छन्। 

उनीहरूको वेभसाइटमा भनिएको छ– कुमुलुस–१ बायुमण्डलीय पानी उत्पादन गर्ने मेशिन हो। यसले प्रतिदिन २० देखि ३० लिटर सफा पिउने पानी उत्पादन गर्न सक्छ। 

यो एउटा पूर्णरूपमा स्वायत्त मेशिन हो। जसलाई ढुवानी गर्न पनि सजिलो छ। सेटअप गर्न र मर्मत सम्भारमा पनि खासै अफ्ठेरो छैन। 

मेशिनमा हावा प्रवेश गर्छ र प्रदुषकबाट सफा गर्न पहिलो एयर फिल्टरबाट जान्छ। त्यसपछि हावालाई चिसो गरेर यसमा रहेको पानी मेसिन भित्रको सतहहरूमा गाढा हुन्छ। जहाँबाट यसलाई पानीको ट्यांकीमा जम्मा गर्न सकिन्छ। 

जोउहेर बेन जेनेटले भित्र डिजाइन गरेको मोटो आकारलाई १ एम ३ क्युबमा फिट गर्न सकिन्छ र यसलाई स्वतन्त्रतापूर्वक साैर्य उर्जा प्यानलमा जोड्न सकिन्छ।

यो परियोजनाले पिउने पानीको अभावलाई कम गर्ने र बसोबास भएको ठाउँमा प्लास्टिकको फोहोरलाई कम गर्ने लक्ष्य राखिएको छ। 

–एजेन्सीहरूको सहयोग

प्रतिक्रिया