फोहोरबाट माेहरको कथा–३

फोहोर मास्कबाट सडकको निर्माण

काठमाडौं। कोरोना महामारीको समय अर्बौं मानिसले मास्कको प्रयोग गरे। यसले अर्को गम्भीर प्रश्न पनि खडा गरेको छ, दिनमा अर्बौंको संख्यामा प्रयोग भएका ती मास्कलाई कसरी व्यवस्थापन गर्ने?

अष्ट्रेलियाको मेलबर्नमा रहेका अनुसन्धानकर्ताको टोलीसँग यसको समाधान हुनसक्छ। हालै मात्र उनीहरुले पत्ता लगाएका छन् कि, प्रयोगमा आएका अर्बौं मास्क सडक निर्माणका लागि सहयोगी सावित हुनसक्छ। 

फोहोरको रुपमा ल्याण्डफिल्ड साइटमा फ्याँक्न तयार पारिएका मास्कको प्रयोगले कम खर्चमा सडक निर्माण गर्न सकिने अनुसन्धानकर्ताहरुको तर्क रहेको छ।

उनीहरु एक किलोमिटर सडक निर्माणका लागि ३० लाख मास्क आवश्यक हुने बताउँछन्। उनीहरुको भनाई छ– सर्जिकल फेस मास्क बनाउन प्रयोग हुने पोलिप्रोपाइलीन प्लाष्टिकले सडकलाई थप लचिलो र बलियो बनाउँछ। 

रोयल मेलर्बोर्न इन्स्टिच्युट अफ टेक्नोलोजी र मेलबर्न टेक्निकल कलेजका प्रोफेसर जी ली र अन्य वैज्ञानिकले विकासको वर्णन गर्दै विज्ञान जर्नलमा एउटा लेख पनि प्रकासित गरेका छन्। 

भत्किएको भवनबाट संकलन गरिएको फोहोर कंक्रिट र अन्य खनिजमा २ प्रतिशत श्रेडेड मास्क मिसिएको हुन्छ।  

यो पनि: फाेहोर प्लाष्टिकबाट तेल बनाउने भारतीय जाेडी

डम्पिङ साइटलाई यसरी बनाइयो ‘अर्बन भेजिटेबल गार्डेन’

अल्ट्रा–रिसाइकल सामग्री अध्ययन गर्दो सडक निर्माणमा आवश्यक पर्ने ४ तहमध्ये दुईको लागि यो उपयुक्त देखिन्छ।

रिसाइकल कंक्रिट एग्रिगेट (आरसीए)  र तीस लाख फेस मास्कको प्रयोगले दुई लेनको एक किलोमिटर सडक निर्माणमा ९३ टन फोहोर व्यवस्थापन गर्न सकिन्छ।

अनुसन्धानमा मास्कको प्रयोगले बन्ने सडक थप लचिलो भेटिएको छ। मास्कमा पाइने  पोलिप्रोपाइलीनले सडकलाई सुदृढ पार्न मद्दत पुर्याउनुका साथै तन्काउन पनि सहयोग गर्छ। 

ली र उनको टोलीले मास्क प्रयोग गरेर बनाइने सडक निर्माणको खर्चको पनि विश्लेषण गरेको छ। यसमा यो तथ्य पनि फेला परेको छ कि, प्रति टनमा २६ डलर खर्च हुने देखिन्छ। जुन आरसीए उत्खननबाट निर्माण भएका अन्य सामग्रीको लागतभन्दा आधा हो। 

मास्कको प्रयोग खराब सडकको स्तरोन्नतिका लागि बरदान सावित हुनसक्ने तर्फ वैज्ञानिकहरुले इंकित गरेका छन्। यसको उदाहरण अमेरिकाको वासिङ्टनलाई लिन सकिन्छ। प्रगतिशील राज्य हुँदाहुँदै पनि अमेरिकामा मर्मतको विषयमा वासिङ्टनको सडकलाई ११ औं खराब मानिन्छ।

लीको प्रयोग अनुसार आरसीए र मास्क मिश्रण गरेर वासिङ्टन राज्यको क्षतिग्रस्त सडकको मर्मत गर्न सकिएको खण्डमा अमेरिकाको ल्यान्डफिल्डबाट १० अर्ब मास्क पुन: प्रयोगमा ल्याउन सकिन्छ। 

ली र उनको टोलीले यति बेला निजी उद्योग साझेदार वा उनीहरूको प्लाष्टिक मास्क सडकलाई परीक्षण गर्न इच्छुक सरकारहरूको खोजी गरिरहेको फास्ट कम्पनीले बताएको छ। 

–एजेन्सीको सहयोगमा
 

प्रतिक्रिया