‘राष्ट्रपतिले दास ढुंगा र दरबार घटना खोतल्ने’ 

जन्म लग्न सिंह रासि सिंह द्वितीय भावेश एकादश, त्रितीय भावेश पंचमेश र अष्ठमेश एबं भाग्येश र षष्ठेश सप्तमेश षष्ठस्थ बसेका छन्।  
           
लग्न र रासि अनुसार उनको महत्वाकांक्षा राहुका कारण मायावी हुन्छ अर्थात् सामान्य तया मानिसले उनलाई चिन्न सक्दैन्। राहुले नचिन्ने पाराको बनाउँछ। उनलाई सोधेर हेर्नुस् हाई स्कुल पढ्दैबाट उनमा यो देशको  सर्बोच्च शिखरको पदमा म पुग्छु भन्ने चाहना उनमा हुनुपर्छ त्यो पनि धेरै  गहिरो अवचेतन मनमा।

नवांशमा सिंहलग्न गत चन्द्रमा कर्कटमा बस्नु र शुक्ल पक्षको चन्द्रमा बलि हुनुले उनी राम्री र भलाद्मी छन्। सिंहको मंगल नवांशमा मेषमा आफ्नो घरको भई दशम भावमा मेषरासिमा गुरूका साथमा बस्नाले काममा लगनशील र सदैव सफलताको सोच दिमागमा भरिरहने बनायो। लग्नेश एकादश भावमा द्वितीयाधिपति बुधकासाथमा रहनाले इच्छाशक्ति प्रबल बनायो। मांगलिक र अंगारक योगले श्रीमान दुर्घटनामा गुमाउनु पर्यो। पढ्न राम्रो, मिहिनेती एबं पितापूर्खा संस्कारी हुनुपर्छ।

उनको राजयोग बेजोड छ। षोडसबलमा गुरु चन्द्रमा मायावी राहु अनि सेनापति भौम केतु एबं सूर्य बलवान् भएको कारण राष्ट्रपति र सेनाको समेत परमाधिपति बनायो। हाल राहुको मायावी महादशामा चन्द्रमा अन्तरदशा भएर चल्नु उनको रासि र लग्न दुबैबाट न्याय तथा दुःखका कारक ग्रह शनि षष्ठस्थ हुनाले सरकारलाई नटेरेको अवस्था र आफ्नो स्वाभिमानलाई अघि सारेर एबं आफ्नोे देशको मालिक समेत भौम हुनु अनि पुण्य भाव अर्थात् बिवेक भावको मालिक गुरू हुनाले उनी बिवेकशून्य किमार्थ बन्ने योग जन्माङ्गमा छैन।

मलाई जहाँसम्म लाग्छ उनको अब ग्रहको अवस्था नियाल्दा जन्माङ्गमा गुरूशनिको युति शत्रुभावस्थ हुनाले आफ्नो श्रीमान्को हत्यारा र हाम्रो देशका राजाको हत्यारा समेतको छानबिन पक्कै गर्नेछिन्। भौम शरीरको रक्षक भएका कारण उनलाई दैवको सदैव सहारा वा रक्षा रहन्छ। सेनाको परमाधिपति भएको कारण सेनाको पूर्ण सहयोग रहनेछ। यो पद सकिने बेला नजिकै छ यद्यपि उनी पदमा नभए पनि सधैं देश रहुन्जेल सबैको पुजनीय बन्ने योग देखिनाले उनलाई कसैले अपदस्थ गर्न सक्ने अवस्था छैन वा देखिन्न भन्न सकिन्छ। राष्ट्रप्रेमी र गरिबको सहयोगी बन्ने शनि कर्म, न्याय एबं दुःखको कारक ग्रह धर्माधिकारीका साथ बनेको संयोगले उनले धेरै काम अरु गर्ने र राष्ट्रमा नाम र कीर्ति छाडेर जाने योग परेको छ।

उनलाई शुक्र भाग्यमा बस्नाले लागेका केही लान्छनाहरु सबै मेटिने योग परेकाले अब केही समय उनले शासन गर्ने अवस्थालाई नकार्न सकिन्न।

(ज्योतिषी उदय निरौलाले राष्ट्रपति बिद्या देबी भण्डारीको संक्षिप्त जन्माङ्ग विश्लेषण गरेका हुन्। उनले लोकेन्द्र बहादुर चन्दसँग चिनजान नै नभएका बेला प्रधानमन्त्री हुने घोषणा गरेका थिए। त्यो पुगेपछि चन्द बोलाएर निरौलासँग परिचय गरेका थिए। त्यसैगरी पूर्व मुख्य सचिव बिमल कोइराला पनि उनको भविष्यवाणी पुग्नेमा पर्छन्।)

प्रतिक्रिया