पुटिन, चिनफिङ र माेदीले के युएन बैठक बहिस्कार गरेकै हुन्?

काठमाडौं। उज्वेकिस्तानमा ब्रिक्स राष्ट्रका तीन महत्वपूर्ण सदस्य रुस, चीन र भारतका राष्ट्राध्यक्षहरुको भेटपछि यी तीन वटै राष्ट्रले अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्र संघको महासभामा भाग नलिने भएका छन्। 

उज्वेकिस्तानमा सम्पन्न एससीओ बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी समावेश थिए। 

युक्रेन युद्धका कारण अमेरिकासँग बढ्दाे दुरीका कारण रुसी राष्ट्रपति पुटिनले युएन महासभा बहिस्कार गरेका हुन्। ताइवान मुद्धामा अमेरिकासँग बिग्रिएको सम्बन्धका कारण चिनियाँ राष्ट्रपति सीले पनि महासभामा भाग नलिएको कुरा बुझ्न सकिन्छ। तर भारतीय प्रधानमन्त्री माेदी महासभामा किन भाग लिन नजान लागेका हुन्? यो भने गम्भीर विषय बनेकाे छ। 

माेदीको स्थानमा परराष्ट्र मन्त्री एस जयशंकरले बैठकमा भाग लिँदैछन्। रुस र चीनले पनि आफ्नो परराष्ट मन्त्रीलाई नै बैठकमा पठाउँदै छ। 

काेभिड–१९ महामारीपछि २ वर्षको अन्तरालमा विश्वका राष्ट्राध्यक्ष युएन बैठकमा सहभागी हुन लागेका हुन्। बैठकलाई सुरुमा अमेरिकी राष्ट्रपति जाे बाइडेनले सम्बाेधन गर्ने कार्यक्रम थियो। तर उनी बेलायती महारानीको अन्त्येष्टीमा भाग लिन लण्डन गएका कारण उनले बुधबार आज सम्बाेधन गर्दैछन्।  

युक्रेन युद्धमा भारत तटस्थ बसेको थियो। उसले अमेरिकी चेतावनीको वेवास्ठा गर्दै रुसबाट भारी मात्रामा तेल आयात गरेको थियो। चीनसँग लामाे समयदेखि सीमा विवादमा फसेको भारतको पक्षमा रुसी राष्ट्रपति पुटिनले मध्यस्थता गरिरहेका थिए। अहिले चिनियाँ सेना हिमाञ्चल प्रदेशको विवादास्पद सीमा रेखाबाट पछाडि हटेको छ। यसलाई भारत र चीनबीच सम्बन्ध सुधारको बाटोमा हिँडेको रुपमा पनि अर्थ्याउन थालिएको छ। 

उज्वेकिस्तानमा पुटिनको राेहवरमा चीन र भारतबीच अर्थ पूर्ण बैठक भएको तर त्यो बैठकलाई गोप्य राखिएको एजेन्सीहरुले जनाएका छन्। सार्वजनिक रुपमा भारतले चीनको आलोचना गरे पनि उसले पछिल्लो समय चीनसँग सम्बन्ध सुधारको प्रयास जारी राखेको छ। यसैको फरस्वरुप अहिले सीमामा कुनै तनाव छैन। 

ताइवान संकटमा पनि भारतले उत्ताउलो भएर कुनै प्रतिक्रिया दिएको छैन। 

 

 

प्रतिक्रिया