पात्र र प्रवृत्ति

 कांग्रेसले बिर्सेको कुशल पकेटमार पिक्की

 

ganmani bhurtelपिक्की! तँ कता छस् भाई?

धेरैदिन भयो तँ हराएको! आज चैं तेरो बिछट्टै याद आयो! चोकको नामबाट मिलको नाम रह्यो कि मिलको नामबाट चोकको? अन्योल नै भएपनि सगरमाथा मिल र सगरमाथा चोक ‘असल छिमेकी’ झैं आमने सामने नै थिए! अनि तँ त्यस मिलमा धानको बोरा बोक्न उडिसाबाट आएको मेहनती बाउको ‘बिगडैल सुपुत्र!’ फुडिङ्ग सगरमाथा चोक! लजिङ्ग सगरमाथा मिल! तेरो दिनचर्या!

च्याँसे कदको सिँगाने केटो! रामुको पान पसल छेउछाउ छरिएका घडी बिँडिका ठुटा सल्काएर तान्नुबाट सुरु भएको तेरो दव्र्यशन यात्रा बसन्तिको खाजा पसलको रुपैयाँ ग्लासको लोकल तन्कासन हुँदै राम निवास अग्रवालको भट्टिको ‘दुधिया’ सम्म पुग्न खासै समय लागेन! पछि ध्रुव शिवाकोटीले भट्टी ठेक्का लिँदासम्म तँ नाकै नथुनी मुखै नबिगारी स्वाट्टै पार्ने भैसकेको थिईस्! बिँडिका ठुटाबाट दारु! दारुबाट गाँजासम्मको यात्रा छिटै तय गरिस् तैंले! लत सँगसँगै खर्च पनि बढ्दै गयो! जहाँ ईच्छा त्यहाँ उपाय! तैंले उपाय निकालिस्– सगरमाथा चोकबाट बस चढेर चन्द्रगढी पुग्दा नपुग्दा कसै न कसैको पकेट घायल गर्न सिपालु सय दुइसयको जोहो गरिहाल्थिस्! बेलामौकामा पकेटमारिको कुशलता देखाउँदै नाईट चढेर काठमाडौंसम्म पुग्दा तेरो हात हजारी भैसकेको पनि सुनिन्थ्यो!

सँगसँगै तेरो उदारताको पनि चर्चा हुन्थ्यो चोकमा! आफ्नो कमाईको केही हिस्सा यार दोस्तमा खर्च गर्दै बसन्तिको खाजा पसलमा ‘गुलगुलिया खिलाउने’ उपनाम समेत पाएको थिईस्! बेलाबेला गङ्गा चित्र मन्दिरमा ‘बाईस्कोप’ हेर्न तेरा पछि लाग्नेको पनि कमि थिएन!

ब्यापारिक यात्राको सिलसिलामा भद्रपुरबाट बिर्तामोड पुग्दा पनि बोहोनी नहुँदा बसको पछाडि झुण्डिएर फर्किनु परेको पिडाले बैकल्पिक उपाय समेत अपनाउन थालिस् तैंले! छिमेकका ताला नलाएका साईकललाई मेचिपारिको यात्रासम्म गराई दिन्थिस्! दुव्र्यसन जोहोकै क्रममा उत्तम रिक्सावालाको रिक्सा नयाँ बजार पुर्याएर बेचेपछि फिर्ता ल्याउन सगरमाथा चोकका सबै भद्रभलाद्मी लाग्नु परेको र केही समय तँ तडिपार भएको कथा याद छ कि बिर्सिस्? पकेटमारि र साईकल चोरिको कुशलता पछि तेरो ब्यापारिक साम्राज्य मवेशी चोरिमा बिस्तार भो! आफ्नै छिमेकीका गाई गोरु कहिले भद्रपुर कहिले बनियानी त कहिले कुमरखोद नाका हुँदै असल छिमेकी मुलुक यात्रा गराउनमा सफलता हासिल गरिस्! हरेक नाकामा तेरा कार्यालय सहयोगी समेत उपलब्ध थिए! 

बहुप्रतिभाको धनी तँ माथि काङ्ग्रेस नेतृत्वको नजर पर्यो! भ्यागुता गँगटा देखि चोर डाकासम्म अटाउने काङ्ग्रेसमा तँ जस्तो समाजसेवी  कुशल चोर नअटाउने कुरै थिएन! नेताजीले तँलाई पनि अबिर घसिदिए! पुराना काङ्ग्रेस सिध्याउने हतियारको रूपमा तँलाई देख्ने नेताजीलाई कुनै समय आफैं उपर ढुङ्गा बर्साएको सम्झिने फुर्सद नै थिएन! यसै पनि काङ्ग्रेस क्वालिटिमा भन्दा क्वान्टिटिमा बिश्वास गर्ने पार्टी! एक थान गोरु चोर बढ्दा एक भोट त थपियो! त्यसमाथि फोरम सोरम सबै चहारेको कुशल पकेटमार! एक भोट बढ्दा सय भोट गुमेको चिन्ता किन गर्नु? पुराना काङ्ग्रेस सिध्याउने हतियार जो मिलेको छ!

घडी बिँडि सेवनबाट सुरु तेरो दुव्र्यसन यात्रा गाई गोरु चोरी निकासिसम्म आईपुग्दा तेरो ख्यातिले राम्रै उचाई लिईसकेको थियो! कमाईको केही हिस्सा यार दोस्तका लागि खानपिनमा खर्च गर्ने उदारताका कारण ‘समाजसेवी पिक्की’ को  परिचय बनाउन सफल हुँदै थिईस्! सफलता र ख्यातिको उचाई चढ्दै गर्दा फाट्टफुट्ट पञ्चर्यालिमा समेत तेरो उपस्थिति देखिन थालेको थियो! समाजसेवीका रूपमा आसन ग्रहण देखि खादा ग्रहण तेरा लागि सामान्य बन्दै गएका थिए! अब तँ पञ्च  भैसकेको थिईस्! पञ्च भएपछि काङ्ग्रेस कम्युनिष्ट पेल्नै पर्यो! आफनै वरिपरिका काङ्ग्रेस कम्युनिष्टलाई उखु झैं पेल्न थालिस्! काङ्ग्रेसले जनआन्दोलनको घोषणा गरेपछि आन्दोलन दबाउने प्रतिकार समितिको सर्वमान्य अध्यक्ष तँलाई नै बनाईयो!

आन्दोलन दबाउन तँ सँग पुलिस प्रशासन र स्थानीय पञ्च मात्रै थिए भने आन्दोलनकारीसँग चन्द्र शेखर जस्ता बलवान् भारु उपलब्ध थिए! भारुसँग नेरुको जोड धेरै दिन चलेन!

फ्याट्ट बहुदल आयो!

‘पिक्की मण्डलेका दिन सकिए!’ चोकभरी बजार भरिको चौतारी गफ यहि नै थियो! पिक्किका दिन सकिए भन्नेहरु त्यसबेला चारोखाने चित भए जतिबेला तँ बामपंथीको अबिर दलेर बसन्तिको पसलमा लोकल तन्काउँदै मार्क्सवाद फलाक्न थालिस! ‘मार्क्सले यसो भन्नुभको थियोे ...... लेनिनले उसो भन्नुभको थियो’ तेरो थेगो भो! तँ चैं के भन्छ्स त? भन्दा अर्को ग्लास स्वाट्ट पारेर पाखुरा सुर्किनु बाहेक तेरो अरु उपाय थिएन! तँ जित बहादुर अरु सबै निरीह! बामपंथी भएपछि काङ्ग्रेस उपर ढुङ्गा बर्साउनु तेरो परम कर्तव्य भित्र पथ्र्यो! त्यसै गरिस्! काङ्ग्रेस पृथ्वीनगर पुग्दा ढुङ्गा बर्साउनेमा अग्रपंक्तिमा तैं हुन्थिस! केही दिन बामपंथी संगतमा बसिस्! ‘मधेसी भएर पहाडेको पार्टीमा बस्ने हो?’ भन्दै कुनै मधेसी नेताले एक ग्लास थपिदिएको भरमा तँ सद्भावनामा पसिस्! केही दिन सद्भावनाको मैदानमा परेड खेलेपछि फेरि कसले के भनेर उचाल्दियो– तँ फोरम छिरिस्! ब्यापारीको पहिचान त तँसँग  छँदैथियो! फोरमको ब्यापारी समेत भईस्!    

हेर त भाई, कत्रो अत्याचार? तेरै समकालीन गँजडि कौवा पर्दा तँ कसरी छुटिस् भाई? तैंले नै वारीपारी ब्यापार गर्न सिकाएका प्रायः सबै नेता भएका छन! सिफारिसमा परेका छन्! पुलिसको सरुवा गर्दा पैसा माग्ने दलाल, मालपोतमा बसेर पचास घुस माग्ने खरदार सबै ठूला काङ्ग्रेस! पुलिसको जागिर खाँदा डिबि लामाको भजन गाउँदै काङ्ग्रेस कुट्ने हल्दार अहिले ठूलो काङ्ग्रेस भएको छ! पुराना काङ्ग्रेसलाई काङ्ग्रेस पढाउने गुरु भएको छ! उ सिफारिसमा नपर्ने कुरै भएन! तँ सँगै सद्भावनाबाट काङ्ग्रेस पसेको सिफारिसमा पर्दा अनि सँगै फोरममा कुदेको सांसद हुने लाईनमा पर्नु र तँ छुट्नु भनेको काङ्ग्रेसका लागि भयानक दुर्भाग्य हो भाई!


             
बहुप्रतिभाको धनी तँ माथि काङ्ग्रेस नेतृत्वको नजर पर्यो! भ्यागुता गँगटा देखि चोर डाकासम्म अटाउने काङ्ग्रेसमा तँ जस्तो समाजसेवी  कुशल चोर नअटाउने कुरै थिएन! नेताजीले तँलाई पनि अबिर घसिदिए! पुराना काङ्ग्रेस सिध्याउने हतियारको रूपमा तँलाई देख्ने नेताजीलाई कुनै समय आफैं उपर ढुङ्गा बर्साएको सम्झिने फुर्सद नै थिएन! यसै पनि काङ्ग्रेस क्वालिटिमा भन्दा क्वान्टिटिमा बिश्वास गर्ने पार्टी! एक थान गोरु चोर बढ्दा एक भोट त थपियो! त्यसमाथि फोरम सोरम सबै चहारेको कुशल पकेटमार! एक भोट बढ्दा सय भोट गुमेको चिन्ता किन गर्नु? पुराना काङ्ग्रेस सिध्याउने हतियार जो मिलेको छ!

काङ्ग्रेस भएपछि तेरो राजनैतिक ब्यस्तता झनै बढ्यो! कुनै समय राजाको महावाणी फलाक्ने तेरो दर्शन  मार्क्सले यसो भन्नू भएको थियो देखि बिपिले यसो भन्नुभएको थियो सम्म  पुग्यो! ब्यापार ब्यबसाय त पहिले देखिनै थियो! फैलिने क्रममा सुपारी र रक्तचन्दनसम्म पुग्यो! मेची किनार त गोरु चोरी देखिनै परिचित, झन् काङ्ग्रेस भएपछि त तेरो प्रगति दिन दुगुना, रात चौगुना हुँदै गयो! कुनै गाँजा जोहोका लागि उत्तमको रिक्सा बेच्नुपर्ने हैसियतको पिक्की पजेरोको हैसियतमा पुगिस्! बड्का नेतासँगको तेरो उठ्बसले तँलाई केन्द्रसम्म पुर्यायो! सगरमाथा चोकको रुपैयाँ ग्लासको लोकलबाट राजधानीको लाखको बोतलमा पुगिस्! उता पुगेपछि भद्रपुरको सुपारी र रक्तचन्दनमा बालुवा र हुण्डी कारोबार समेत थपियो! झापामा झैं राजधानी पुगेपछि पनि तेरो ‘समाजसेवी’ ईमेजको चर्चा चल्दै गर्दा एकाएक तँ हराउँदा मेरो चिन्ता बढ्यो! तँ किन कहाँ कसरी हराईस्?

अहिले काङ्ग्रेसले उम्मेद्वार सिफारिस गर्दा तेरो नाम कतै नदेख्दा उदेक लागेर खोजी गर्न मन लाग्यो! साँच्चै भनेको भाई! तँ किन परिनस्? कसरी छुटिस् हौ तँ? किन छुटिस् हँ? रञ्जन कोइराला थुन्दा चोलेन्द्रको चित्त दुखेझैं मेरो समेत चित्त बटारिएर आयो! तँ सँगै बिँडिका ठुटा तान्ने पनि सिफारिसमा परेको छ! तेरै पकेटमार दोस्त बौवा मिस्त्री पनि अब सांसद हुने लाईनमा उभियो! उत्तमको रिक्सा बेच्न सघाउने तेरो मतियारको समेत नाम आयो! तँ सँगै गोरु चोर्ने गोरु चोरलाई अब ‘सांसदज्यू, जय नेपाल’ भन्नुपर्ने दिन आए! तैंले नै सगरमाथा चोकको बसन्तिको पसलबाट गुलगुलिया किन्देको लुर्कण्डे पनि अब सांसद बन्ने रे! अलिपछि मन्त्री बन्ने होला!

हेर त भाई, कत्रो अत्याचार? तेरै समकालीन गँजडि कौवा पर्दा तँ कसरी छुटिस् भाई? तैंले नै वारीपारी ब्यापार गर्न सिकाएका प्रायः सबै नेता भएका छन! सिफारिसमा परेका छन्! पुलिसको सरुवा गर्दा पैसा माग्ने दलाल, मालपोतमा बसेर पचास घुस माग्ने खरदार सबै ठूला काङ्ग्रेस! पुलिसको जागिर खाँदा डिबि लामाको भजन गाउँदै काङ्ग्रेस कुट्ने हल्दार अहिले ठूलो काङ्ग्रेस भएको छ! पुराना काङ्ग्रेसलाई काङ्ग्रेस पढाउने गुरु भएको छ! उ सिफारिसमा नपर्ने कुरै भएन! तँ सँगै सद्भावनाबाट काङ्ग्रेस पसेको सिफारिसमा पर्दा अनि सँगै फोरममा कुदेको सांसद हुने लाईनमा पर्नु र तँ छुट्नु भनेको काङ्ग्रेसका लागि भयानक दुर्भाग्य हो भाई!

तैंले विभिन्न पार्टीमा दुःख (?) गर्दै गर्दा बिदेशमा डिस्को नाचिरहेकी चार चार ठाउँबाट सिफारिसमा पर्दा मैले तेरि पत्नी (हाम्री बुहारी) को शालिनता सम्झिन पुगें! बुधबारको हाफ टेम काम सकेर चुर्ली मेलामा बीस रुपैयाँमा खरिद गरेको लाली दलेर रिक्सा चढेर सिमेन्टको बोराको झोला बोकेर सपिङ्ग हिँड्ने बुहारी र अहिले लाखौंको च्यानेल सपिङ्ग ब्याग बोकेर संगठन बिस्तार खातिर गाउँ पस्ने राष्ट्रिय मेडमहरु भन्दा हाम्री बुहारी धेरै शालिन लाग्यो! उनी सिफारिसमा नपर्नु अर्को दुर्भाग्यपूर्ण घटना हो! समाज सेवाकै कुरो गर्दा छिमेकमा मर्दापर्दा भाँडाकुँडा ब्यबस्थापन, लत्ताकपडा सफाई, झाडुपोछा सबै भ्याईदिने उनी पर्नुपर्ने हैन र?

अझै पनि समय छ!

हाम्री राष्ट्रिय भाउजू त्यतै कतै होलिन्! गएर भेट! पाउ समात! भेटी अर्पण गर! दास बन! जे जसरी हुन्छ सिफारिसमा पर! तँ समान योग्यताका दासहरु सांसद हुँदा, मन्त्री हुँदा तँ नहुने भनेको काङ्ग्रेसका लागि अनि मुलुकका लागि समेत  दुर्भाग्यपूर्ण हो!

कता छस् भाई? अगाडि आईज! तँ जस्तो सर्वगुण सम्पन्न ब्यक्ति सांसद मन्त्री भन्दा बाहिर बस्नै हुन्न! काङ्ग्रेस सम्हाल्न अनि मुलुकको मुहार फेर्न तेरो उपस्थिति अत्यन्तै जरुरी छ! तुरुन्त सम्पर्कमा आईज भाई!
 

प्रतिक्रिया