निर्वाचनमा २५४८४७ मतदाता बढे, माेरङ जिल्लामा सर्वाधिक

काठमाडौं‌। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता र मतदान केन्द्र ताेकेको छ। आयोगले शुक्रबार जारी गरेको विवरणअनुसार गत स्थानीय निर्वाचनको तुलनामा २ लाख ५४ हजार ८४७ मतदाता बढेका छन् । यस्तै देशभर १० हजार ८९१ मतदानस्थलमा २२ हजार २२६ मतदान केन्द्र तोकेको छ । 

७७ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता प्रदेश १ को मोरङ र कम मतदाता गण्डकी प्रदेशको मनाङ जिल्ला देखिएको छ। मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता र मनाङमा सवैभन्दा कम ६ हजार ७७९ मतदाता छन् ।

मोरङपछि झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ छन् । त्यस्तै कम मतदाता हुनेमा मनाङपछि मुस्ताङ १० हजार ९५७ र डोल्पा २२ हजार ७७४ मतदाता रहेको निर्वाचन अयोगले जनाएको छ।

प्रतिक्रिया