मतदाताको समस्या बुझ्दै रेखा

मोरङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाको तर्फबाट मोरङ ३ का लागि उम्मेद्वार सिफारिस भएपछि नायिका रेखा थापाले मतदाता भेटघाटलाई तिव्र पारेकी छन् ।

चुनावी अभियान अन्तरगत सोमबार मोरङ कानेपोखरी गाउँपालिकामा मतदातासँग भेटघाट गरिन् ।  उनले के बृद्ध, के युवा–सबैको माया र साथ पाएकी छिन्। रेखाको उपस्थितले मतदाता उत्साहित बनेका थिए। तपाईहरुको समस्यासँग जुध्न उम्मेदवार बनेर आउने भनेपछि महिला दिदी बहिनीहरु भावुक भएका थिए। 

उनले नेता भनेको शासक हैन सेबक हुनुपर्ने बताइन्। रेखालाई अग्रज मतदाताहरुले आशिर्वाद दिएका थिए भने महिला दिदिबहिनीले अङ्गालो हालेर उम्मेदवारी प्रति खुशी साटासाट गरेका थिए । 

उम्मेद्वार सिफारिस भएपछि उनी क्षेत्र नं. ३ का मतदाता भेटन र समस्या बुझ्न  घामपानी झरी नभनी  व्यस्त छिन्। 

rekha1

कुर्तासलवार लगाएर जनताको घरदैलोमा पुगिरहेकी रेखाले सर्वसाधरणबाट न्यानो स्वागत पाइरहेकी छन् । ‘जहाँ पुग्छु मलाई युवाले माया र ज्येष्ठ नागरिकले आशिर्वाद दिने गर्नुभएको छ,’ थापाले भनिन् ।

भेटघाटका क्रममा धेरै मतदाताले पहिलेका उमेदवारले चुनाव जितेर जाने त्यसपछि फर्किएर नआउने गरेको गुनासो गर्ने गरेका छन्।

रेखा उठेको निर्वाचन क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या छ। स्थानीयले यो समस्याबारे गम्भीरतापूवर्क बताउने गरेको सुनाइन्।  

कानेपोखरी गाउँपालिका वडा नम्बर ४,५,६,७ मा रेखाको घर दैलो कार्यक्रम रहेको राप्रपा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले बताए । उनका अनुसार पुराना उम्मेदवारले आश्वासनको खेती गरेकाले रेखासँग मतदाताहरु आशाबादी रहेको उनको भनाइ छ। 
 

प्रतिक्रिया