‘ब्रम्हास्त्र’ काे क्रेज, बिहान ६ बजेदेखि नै फिल्मको साे सुरु

मुम्बई। रणवीर कपुर स्टारर फिल्म ‘ब्रम्हास्त्र’ ले पहिलो दिन नै देशभित्र ३६ करोड र विश्वव्यापी रुपमा ७५ कराेडको आम्दानी गरेको छ। रिलिज अगाडि निकै विराेध खेपेको यो फिल्म अहिले चर्चामा छ। फिल्मको क्रेजलाई मनन गर्दै राजधानी दिल्लीमा बिहान ६ बजेदेखि नै साे सुरु भएको छ। 

यस्तो अवस्था २१ वर्षपछि भएको चलचित्रकर्मीहरुले बताएका छन्। यसअघि गदर फिल्म पनि दिल्लीमा बिहान ६ बजे देखाइएको थियो। अहिले साेकाे सम्पूर्ण समय हाउसफूल छ। यस्तै मुम्बईमा पनि ८ बजेदेखि साे सुरु गरिएको छ। 

‘ब्रम्हास्त्र’ ९ सेप्टेम्बरमा भारतकाे ५ हजार १९ स्क्रिन र विदेशमा ३ हजार ८ सय ९४ स्क्रिनमा रिलिज भएको थियो। 

 

 

 

 

 

 

 

प्रतिक्रिया