अमेरिकामा एक दिनमा एउटा घर निर्माण हुने प्रविधि

वासिङ्टन। अमेरिकामा महंगी अहिले सबैभन्दा उच्च विन्दुमा छ। सन् २०२० मा अमेरिकामा जुन घरको मूल्य ३ लाख २९ हजार डलर अर्थात ४ करोड २२ लाख रुपैयाँ पर्दथ्यो, त्यसको मूल्य अहिले ३० प्रतिशतले बढेर ४ लाख २८ हजार ७ सय अर्थात ५ करोड ५० लाख रुपैयाँ पुगेको छ। 
महंगीका कारण मध्य आय भएका व्यक्तिलाई घर खरिद गर्न समस्या परिरहेको छ। यो समस्याबाट छुटकारा पाउन मानिसहरू बाक्सेबल नामको स्टार्टअपलाई विकल्पको रूपमा प्रयोग गरिरहेका छन्। 

बाक्सेबल एउटा यस्तो कम्पनी हो, जसले ५४ हजार ४ सय देखि ९९ हजार ५ सय डलरसम्ममा घर निर्माण गर्ने गरेको छ। अझ, रोचक कुरा यसले एक घण्टामै घर तयार पारेर दिने गर्छ। बाक्सेबलले नै निर्माण गरेको घरमा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क बस्ने गर्छन। 

house in america1

बाक्सेबलको कार्यालय लस भेगासमा छ। २०१७ मा पाओलो तिर्मानीले यसको सुरुवात गरेका हुन्। पाओलोले यो कम्पनी स्थापना गर्नुको उद्देश्य प्रत्येक मिनेटमा एउटा घर निर्माण गर्नु थियो। उनले यो लक्ष्यलाई भेटाउन सकेका छैनन् तर एक दिनमै घर निर्माण गरेर सबैलाई चकित तुल्याएका छन्। उनी भन्छन्, ‘हाम्रो प्रविधिले त्यो सबै सम्भव भएको छ, जुन पहिले सम्भव थिएन।’

यो घरमा निर्माण भएको किचनमा फ्रिज, सिङ्क, ओभन, डिसवासर, माइक्रोवेभ र क्याबिनेट्स राख्ने ठाउँ पर्याप्त हुने गर्छ। बाथरुममा तपाईहरूले सिङ्क, ठूलो काउन्टर, शिशा र स्लाइडिङ ग्लास राख्न सक्नुहुन्छ। लिभिङ रुम ३ सय ७५ स्क्वायर फिटको हुन्छ भने यसमा ८ वटा ढोका र झयाल हुन्छ। 
 

प्रतिक्रिया