सुरेश रैनाले सबै क्रिकेट फर्म्याटबाट बिदा लिए

भारतीय क्रिकेट टिमका पूर्व सदस्य सुरेश रैनाले सन्यास लिएका छन्। मंगलबार उनले ट्वीटमार्फत सबै  फर्म्याटबाट सन्यास लिएको घोषणा गरे। 

रैनाले अन्तर्राष्ट्रि क्रिकेटबाट १५ अगस्ट २०२० मै सन्यास लिएका थिए। यही दिन भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले पनि सन्यासको घोषणा गरेका थिए। 

उनले अब घरेलु क्रिकेट र आइपिएलमा पनि भाग लिने छैनन्। उनले भने, ‘देश तथा आफ्नो राज्य उत्तर प्रदेशका लागि खेल्नु मेरो लागि सम्मानको विषय हो।’ उनले भारतीय क्रिकेट बोर्ड, युपी क्रिकेट, आफ्नो आइपीएल टिम चेन्नई सुपर किङ्सलाई विशेष धन्यबाद दिए। 

उनी २०२२ मा कुनै पनि फेञ्चाइजीको आँखा परेका थिएनन्। 
 

प्रतिक्रिया