अफगानिस्तानस्थित रुसी दूतावास बाहिर मानव बम बिस्फोट, २० को निधन

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलको दारुल अमन क्षेत्रमा रुसी दूतावासको बाहिर बम बिस्फोट भएको छ। सोमबार भएको बिस्फोटमा २ रुसी अधिकारीसमेत २० जनाको निधन भएको छ। 

मिडिया रिपोर्ट अनुसार एक जना सुसाइड बम्बरले रुसी दूतावास बाहिर आफूलाई उडाएका थिए। बिस्फोटको समय भिजा सेक्सनमा काम गर्ने अफगानी नागरिक पनि उपस्थित थिए। सुरक्षा अधिकारीले यस विषयमा कुनै जानकारी दिएका छैनन्। 

दूतावासका सुरक्षागार्डले एक संदिग्ध व्यक्ति रुसी दूतावास नजिकै घुमिरहेको बताएका छन्। सोही व्यक्ति गेट नजिकै आएको र उसलाई रोक्ने प्रयास पनि भएको बताइएको छ। उसले अटेर गरेपछि सुरक्षाकर्मीले गोली पनि हानेका थिए। घाइते अवस्थामै उसले आफूलाई उडाएको बताइएको छ। 

२०१६ मा पनि रुसी दूतावास नजिकै बम बिस्फोट भएको थियो। त्यतिबेला १२ जनाको निधन भएको थियो। 

प्रतिक्रिया