अमरेश कुमार कार्यवाहीमा, उनको ठाउँमा गगन थापाको सिफारिस

नेपाली का‌ंग्रेसका सांसद अमरेश कुमार सिंहलाई अनुशाषनको कार्यवाही गरिएको छ। आउँदो चुनावमा उनको संसदीय क्षेत्रबाटसमेत उनको सिफारिस रद्ध गरिएको छ। स्थानीय तहको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारविरुद्ध अन्तर्घात एवं असहयोग गरेको भन्दै सर्लाही कांग्रेसको जिल्ला अनुशासन समितिले निलम्बन गर्ने निर्णय गरेको हो। उनलाई निलम्बन गरिएको जानकारी जिल्ला अनुशासन समितिले मधेश प्रदेश कार्यसमितिलाई गरिसकेको छ।

congress

अमरेश २०७४ सालको निर्वाचनमा सर्लाही ४ बाट निर्वाचित सांसद हुन्। निलम्बनमा परेका कारण प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पनि सिफारिश गरिएको छैन। उनको निर्वाचन क्षेत्रबाट क्षेत्रीय कार्यसमितिले गगन थापाको नाम सिफारिश गरेको छ।

सर्लाही जिल्ला कार्यसमितिले उपसभापति सरोज कुमारको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियो। छानबिनमा सांसद सिंहले अन्तर्घात गरेको जनाउँदै निलम्बन गरेको हो। सांसद सिंहलाई कारबाही गरेको निर्णय सम्बन्धी पत्र असार ४ गते नै प्रदेश कार्यसमितिलाई पठाइएको थियो।

 

 

प्रतिक्रिया