४ मिनेटमै मान्छेको स्वभाव बुझ्न सकिन्छः अध्ययन

काठमाडौं। घण्टौंसम्म कसैसँग कुराकानी गर्नु समयको बर्बादी हो। भर्खरै भएको एउटा अनुसन्धानमा यो कुरा स्पष्ट हुन्छ।

अनुसन्धानकर्ताका अनुसार कुनै पनि व्यक्तिलाई राम्रोसँग बुझ्न ४ मिनेटको समय उपयुक्त हुन्छ। धेरै समय विताइरहनु पर्दैन। यति समयमा तपाईले आफू नजिकका व्यक्तिहरूको बानी व्यहोरा, उसको व्यक्तित्व र बौद्धिक स्तर पत्ता लगाउन सक्नु हुन्छ। 

यसैले पुरानो मान्यता ‘फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ गलत नभएको पुष्टी हुन्छ। 

हालै प्लस वान नामक जर्नलमा युनिभर्सिटी अफ वारविकमा भएको एउटा अध्ययन प्रकासित भएको थियो। यही जर्नलमा मानिसको व्यक्तित्व ४ मिनेटमा बुझ्न पर्याप्त हुने बताइएको छ। जर्नलमा विभिन्न परिस्थितिमा आफू नजिक भएको व्यक्तिले कस्तो व्यवहार गर्छ, त्यसले उसको व्यक्तित्व बुझ्न पर्याप्त हुने बताइएको छ। 

यही अध्ययनमा ३ सय ३८ जना समावेश थिए। पहिले उनीहरूको व्यक्तित्व र बौद्धिक क्षमताको टेस्ट गरिएको थियो। यी सबैलाई दुई भागमा विभाजन गरेर एक–अर्कालाई ४–४ मिनेट कुराकानी गर्न दिइएको थियो। 

अनुसन्धानकर्ता प्रोफेसर डेनियल सगरोईले अध्ययनका क्रममा को व्यक्ति ‘इन्ट्रोभर्ट’ छ अथवा छैन, स्पष्ट भएको बताए। यही अध्ययनले आवश्यकता पर्दा उनीहरू सहयोगका लागि अगाडि आउँछन् कि आउँदैनन्, त्यो पनि पत्ता लागेको बताए। कुनै विषयमा यो जानकारी सटक फिट नभए पनि अन्दाज लगाउन सहयोगी सावित हुने बताइएको छ। 
 

प्रतिक्रिया