उम्मेदवार जेलमा, सिफारिस चुनावमा 

काठमाडौं। इँटाभट्टामा जिउदै मानिसलाई जलाएको आरोपमा विगत तीन वर्षदेखि जेलको सजाय भोगिरहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवारको रुपमा सिफारिस गरेको छ। 

प्रतिनिधि सभा चुनाव ४ मंसिरमा हुँदैछ भने आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो। आलमलाई २६ असोज २०७६ सालमा प्रहरीले पक्राउ गरेको थियो। हाल उनी काठमाडौंस्थित नख्खु जेलमा छन्।

२७ चैत २०६४ सालमा राजपुरमा भएको बम बिस्फोटमा उनको संलग्नता देखिएपछि पुर्पक्षमा राखिएको थियो। स्थानीय शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो। घटनामा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको भन्दै परिवारका सदस्यहरूले आलममाथि किटानी जाहेरी दिएका थिए।

२०७४ सालमा भएको निर्वाचनमा पनि उनी २ नम्बर बाटै विजयी भएका थिए। 


 

प्रतिक्रिया