बालेनलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं। अदालतको मानहानी मुद्दामा सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । 

अधिवक्ता दीपकराज जोशीले दायर गरेको रिटमाथि सुनुवाइ पछि जारी आदेशमा माग बमोजिम अवहेलनामा किन सजाय हुनु नपर्ने हो सोको आधार र कारणसहित ७ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ।

केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो।

मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले  अदालतको अवहेलना गरेको जोशीको तर्क छ।

प्रतिक्रिया