भदौं २० सम्म उम्मेदवारको नाम पठाउन कांग्रेसको निर्देशन

काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार सिफारिस गर्न नेपाली कांग्रेसले पार्टीका तल्ला निकायलाई निर्देशन दिएको छ।

पार्टीको तल्लो समितिले सम्भावित उम्मेदवारको नाम भदौ १८ भित्र प्रदेश कार्यसमितिमा र प्रदेशले रायसहितको नाम भदौ २० मा केन्द्रमा पठाउनु पर्नेछ।

उम्मेदवार सिफारिस गर्दा २०७४ सालको चुनावमा प्रदेश र प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित भएका व्यक्तिलाई सिफारिस नगर्न पनि कांग्रेसले निर्देशन दिएको छ।

कांग्रेसले सत्ता गठबन्धनसँग तालमेल गरेर चुनावमा जाने निर्णय गरेकोले गठबन्धनका अन्य दलले उम्मेदवारी दिएका ठाउँमा कांग्रेसबाट उम्मेदवार नहुने पनि अहिले नै प्रष्ट पारेको छ।

प्रतिक्रिया