९४ वर्षीय भारतीय हजुरआमालाई मास्टर्स एथलेटिक्समा स्वर्ण

काठमाडौं। भारतकी ९४ वर्षीय भगवानी देवी डागरले फिनल्याण्डमा आयोजना भएको विश्व मास्टर्स एथलेटिक्स प्रतियोगिता २०२२ मा एउटा स्वर्ण र दुई वटा रजत कास्य पदक जितेकी छिन्। 

उनी ७ महिनाअघि मात्र एथलेटिक्समा प्रवेश गरेकी थिइन। उनले यस अवधिमा राज्य, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको उपलब्धी हासिल गरिन्। उनको नाममा सय मिटर दौडको २४ दशमलव ७४ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ। 

उनले आफ्नो सफलताको बारेमा सबैलाई जानकारी दिएकी छिन्। ‘म खेतमा काम गर्छु। आज पनि २ किलोमिटर हिँड्ने गर्छु। शरीरलाई सधै सक्रिय राखे पनि खेलाडी बन्ने प्रेरणा नातिले दिएको हो,’ उनले भनिन्। 

उनले विकास डागर नाम गरेका नातिबाट सटपुट हान्न पनि सिकेको बताइन्। विकास आफै प्याराओलम्पिक खेलाडी हुन्। हजुरआमाले बिहान ५ बजेदेखि अभ्यास गर्ने गरेको विकासले बताए। 

भगवानीले सन् २०२२ को जनवरीदेखि ट्रेनिङको सुरुवात गरेकी हुन्। उनले सबैभन्दा पहिले दौडमा प्रतिस्पर्धा गरेकी थिइन। यसपछि सटपुट सिकेकी थिइन। उनले फिनल्याण्डमा दौड बाहेक सटपुट र डिस्कस थ्रोमा कास्य जितेकी हुन्। 

सन् २००७ मा उनको मुटुको सल्यक्रिया भएको थियो। यसैले सुरुमा उनलाई खेल्न दिने कुरामा सबै डराएका थिए। उनले भनिन्, ‘मेरो नाति मलाई अफ्ठेरो र बल पर्ने एक्सरसाइज गराउँदैन। म आजसम्म जिमखाना गएको छुइन। हिँडडुल जहिले गर्छु। राम्रो खाना र फिट बस्नु नै मेरो लागि सफलताको सुत्र हो,’ उनले भनिन्। 
 

प्रतिक्रिया