कांग्रेस नेता प्रदीप गिरि रहेनन्

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप गिरिको शनिबार राती निधन भएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा राती ९ बजेर ३० मिनेटमा निधन भएको कांग्रेस पार्टीले विज्ञप्ती सार्वजनिक गर्दै बताएको हो। 

कांग्रेस सचेतक मीन विश्वकर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा उनको पार्थिव शरीरलाई आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पतालको शिवालयमा श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ। त्यतपश्चात ११ बजेर ३० मिनेटदेखि २ बजेसम्म सानेपास्थित पार्टी कार्यालयमा राखिने र साँझ पशुपति आर्यघाटमा लगिने जनाइएको छ। 

प्रतिक्रिया