रुसमा १० सन्तान जन्माउने आमालाई २० लाख पुरस्कार

मस्को। रुसले बढी सन्तान जन्माउने आफ्नो नागरिकका लागि आकर्षक पुरस्कारको घोषणा गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिन प्रशासनले देशमा घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गरेको छ भने जनसंख्याको संकटबाट बाहिर निस्किन यो अफर लागु गरेको बताएको छ। 

रुसमा १० बच्चा जन्माउने महिलालाई २० लाख रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने सरकारी घोषणा भएको छ। यस्तै, १० बच्चा जन्माउने महिलालाई ‘मदर हिरोइन’ को अवार्डबाट पनि सम्मानित गरिने बताइएको छ। यो पदवी दोस्रो विश्व युद्धताका महिलालाई दिने गरिन्थ्यो। त्यतिबेला पनि रुसको जनसंख्या खस्किएको थियो। रुसले १९९१ मा सोभियत संघको विघटनपछि यस्तो पदवी बन्द गरेको थियो। 

पुटिनले १५ अगस्टमा यसको घोषणा गर्दै यी रकम एकमुष्ट दिने बताए। रकम दश नम्बरको बच्चा एक वर्ष पुरा भएको दिन उपलब्ध गराउने पनि उनले बताएका थिए। रकम आमाको खातामा सिधै दाखिला गरिने पुटिनको भनाई थियो। कुनै कारण बच्चाको निधन भएमा पनि आमालाई घोषित पुरस्कार राशी उपलब्ध गराउने जानकारी पनि उनले दिएका थिए। 

पुटिनको यो घोषणाको विरोध सुरु भएको छ। रुसी राजनीति र सुरक्षा विशेषज्ञ डा. जेनी म्याथर्सले पुटिनको घोषणाको निन्दा गरेकी छिन्। 

प्रतिक्रिया