ज्याक्लिनको दावीः  मनि लाउन्ड्रिङ मुद्धामा मलाई फसाउने चाल हो 

मुम्बई। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले दुई सय करोड रुपैयाँको मनि लाउन्ड्रिङ मुद्धामा आफूलाई फसाइएको प्रतिक्रिया दिएकी छिन्।

भारतको राजश्व अनुसन्धान आयोगले मनि लाउन्ड्रिङको मुद्धामा ज्याकलिनलाई कार्यवाही गर्नसक्ने खबर बाहिरिएलगत्तै उनको वकिलमार्फत यस्तो प्रतिक्रिया बाहिर आएको हो। 

ज्याकलिनका वकिलले उनी निर्दोष भएको दावी गरेका छन्। ज्याकलिनको नाम सुकेश चन्द्रशेखरसँग जोडिएपछि यो मुद्धा बाहिर आएको हो।

सुकेशले रेनबक्सीका पूर्व प्रमोटर शिविन्दर सिंह र मालविन्दर सिंहलाई जेलमुक्त गर्ने आश्वासन दिँदै श्रीमतीहरूसँग २ सय करोड रुपैयाँ ठगी गरेको आरोप लगोको थियो।

सुकेशले ठगीको पैसाबाट करोडौं रुपैयाँको उपहार ज्याक्लिनलाई दिएको राजश्व अनुसन्धानको रिपोर्टमा आएपछि बलिउड सुन्दरीको दशा सुरु भएको हो। 
 

प्रतिक्रिया