मनिषा कोइराला ५१ वर्षमा प्रवेश

काठमाडौं। सन् १९९१ मा ‘सौदागर’ फिल्मबाट हिन्दी चलचित्रमा प्रवेश गरेकी मनिषा कोइराला ५१ वर्षमा प्रवेश गरेकी छिन्। हिन्दी, नेपाली, अंग्रेजी, तमिल र तेलुगु भाषाको फिल्ममा आफ्नो अभिनयको जादु छरिसकेकी मनिषाले सन् १९८९ मा रिलिज नेपाली फिल्म ‘फेरि भेटौला’ बाट फिल्मी करिअरको सुरुवात गरेकी थिइन। 

उनको ‘१९४२ः अ लभ स्टोरी’, ‘बम्बई’, ‘अकेले हम अकेले तुम’, ‘खामोसीः द म्युजिकल’, ‘दिल्से’ जस्ता हिन्दी फिल्मले चर्चा बटुलेको थियो। सन् २०१२ मा उनलाई ओभेरियनको क्यान्सर भएको थियो। पाँच वर्षपछि पूर्ण रूपमा ठिक भएर उनी पुनः फिल्ममा फर्किएकी थिइन। 

सयुक्त राष्ट्र संघको सद्भावना दूतसमेत नियुक्त भइसकेकी मनिषा अहिले मुम्बईभन्दा पनि काठमाडौंमा आफ्नो परिवारसँग रमाइरहेकी छिन्। उनले सन् २०२० मा आफ्नो नाममा क्यान्सर एजुकेशन फण्ड स्थापना गरेकी थिइन। जसले क्यान्सर भएका तथा विपन्न परिवारको सदस्यलाई शिक्षा उपलब्ध गराउने काम गर्छ। 

उनले ४ वटा फिल्म फेयर अवार्ड जितिसकेकी छिन्। 
 

प्रतिक्रिया