‘लाल सिंह चड्ढा’ फ्लप, आमिर स्तब्ध

काठमाडौं। बलिउड स्टार आमिर खानको बहुप्रतिक्षित ‘लाल सिंह चड्ढा’ फिल्म फ्लप भएको छ। भारतीय मिडियाका अनुसार फिल्म फ्लप भएका कारण डिस्ट्रिब्युटरले धेरै ठूलो नोक्सान उठाउनु परेको छ। 

आमिर फिल्मको सह–निर्माता पनि हुन्। फिल्म फ्लप भएको घटनालाई उनी पनि स्तब्ध भएको बताइएको छ। उनले फिल्म फ्लप हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गरेको मिडिया रिपोर्टमा उल्लेख छ। तर, उनको आधिकारीक बयान सार्वजनिक भएको छैन। 

हलिउड फिल्म ‘फरेस्ट गम्प’ को भर्सन मानिएको यो फिल्मबाट आमिर खानलाई ठूलो आशा थियो। तर, फिल्म फ्लपपछि डिस्ट्रिब्युटरले क्षतिपूर्ति मागेको बलिउड हंगामाको रिपोर्टमा सार्वजनिक भएको छ। 

१ सय ८० करोडको बजेटमा निर्माण भएको यो फिल्मले पहिलो साता ३८ दशमलव २१ करोड रुपैयाँ मात्र आम्दानी गरेको छ। यसअघि आमिरको फिल्मले एक दिनमै योभन्दा बढी आम्दानी गरिसकेको हुन्थ्यो। 

प्रतिक्रिया