भुवन केसीविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं। चलचित्र विकास बोर्डको अध्यक्ष पदको नियुक्तिलाई लिएर अभिनेता भुवन केसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार बोर्ड अध्यक्ष हुनका लागि केसीकाे शैक्षिक योग्यताले नपुग्ने भन्दै नरेश पौडेल लगायतले रिट दायर गरेका हुन्। 

९ साउनको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। यौन दुर्व्यवहारको आरोप खेपेका केसीलाई विकास बोर्डको अध्यक्ष बनाएको भन्दै विवाद पनि भएकाे थियो। दुई वर्षअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले उनीविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। केसीले यसमा आफ्नो मानहानी भएको भन्दै १० करोड क्षतिपूर्ति माग पनि गरेका थिए। 

केसीविरुद्ध हालै परेको रिटको पेसी ३० साउन तोकिएको छ।

प्रतिक्रिया