चर्चित कमेडियन राजु श्रीवास्तव भेन्टिलेटरमा

दिल्ली। ह्दयघातका कारण दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका चर्चित कमेडियन राजु श्रीवास्तवको अवस्था गम्भीर बनेको छ। उनलाई भेन्टिलेटरमा राखिएको छ। 

बुधबार ट्रेडमिलमा एक्सरसाइज गर्ने क्रममा उनी एक्कासी लडेका थिए। अस्पतालमा उनलाई ह्दयघात भएको पुष्टी भएको थियो। उनको मुटुको ठूलो भाग सत प्रतिशत ब्लकेज भएपछि बुधबार नै एन्जियोप्लास्टी गरिएको थियो। तर, २८ घण्टा बितिसक्दा पनि उनको ब्रेनले रिस्पोन्स नगरेको अस्पताल श्रोतले बताएको छ। उनको पल्स पनि ६०–६५ मात्र भएका कारण परिवार चिन्तित रहेको भारतीय मिडियाले बताएका छन्।

राजुका भाई काजुलाई पनि उपचारका लागि एम्स भर्ना भएका छन्। उनको कानको पछाडि गाठो देखिएपछि तीन दिनअघि सल्यक्रिया भएको थियो। दाजुको विषयमा उनलाई कुनै जानकारी नदिएको मिडिया रिपोर्टमा उल्लेख छ। 

राजु श्रीवास्तवको उपचार एम्सको दोस्रो तल्लामा रहेको कार्डियो युनिटमा भइरहेको छ। काजुलाई तेस्रो तल्लामा राखिएको छ। परिवारका दुई सदस्य अस्पताल भर्ना भएपछि घरको माहौल चिन्ताजनक बनेको छ।   
 

प्रतिक्रिया