चर्चित कमेडियन राजु श्रीवास्तवलाई ह्रदयाघात

दिल्ली। भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवलाई  ह्रदयाघात भएको छ। उनको बुधबार एक्कासी स्वास्थ बिग्रिएपछि दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको थियो। मिडिया रिपोर्टअनुसार जिममा वर्कआउट गर्ने क्रममा उनलाई  ह्रदयाघात भएको हो। 

राजुका भाई दीपुले यसको पुष्टी गरेका छन्। उनले भने, ‘राजु होटलको जिममा वर्कआउट गर्दै थिए। ट्रेडमिलमा सक्रिय भएको बेला छातीको दुःखाई बल्झिएपछि तल झरेका थिए।’

अहिले उनको स्वास्थ अवस्था राम्रो भएको बताइएको छ। 
 

प्रतिक्रिया