४ मंसीरको निर्वाचनः यस्तो छ ग्रह गोचर  

२०७९साल कार्तिक ७ गते गुरू त बक्रि नै छन्। उक्त दिनबाट मंगल पनि बक्रि हुनेछन्। मिथुन राशीमा र ३० नोभेम्बरमा बृष राशीमा ओर्लने छन्। फेरि २०७९ पौष २९ गते शुक्रबारबाट बृश राशीको १३ डिग्री २० बाट सोही राशीमा मार्गिहुँदै पुनः मिथुनमा फर्कने छन्। एक राशीमा मंगल ४२ दिन बस्नु पर्नेमा यसपटक असाधारण तरिकाले छ महिना बस्ने एवं करिब ८९ दिन त बक्रि नै रहने छन्।

अव बक्रि मंगलले १२० डिग्री पर सिंह राशीलाई,२७० डिग्री पर धनु राशी र २४० डिग्री परको मकर राशीलाई कृतिका नक्षत्रको मृगशिरा नक्षत्र जो मंगलको आफ्नो नक्षत्र र रोयणी चन्द्रमाको नक्षत्रबाट देख्ने छन्।

 मंगलको प्रकृति र स्वभाव

१. मंगल ग्रहका सेनापति भएकाले सेना र सुरक्षाका कारक।

२. पत्नीका कारक र ब्यक्तिगत रुपमा आफ्नो सुरक्षा कवच।

३. सीमाना वा दुर्गका कारक देशको पनि र घर जग्गा जमिनको पनि ब्यक्तिगत रुपमा कम्पाउण्ड पर्खाल।

४. हतियार, बम, बारुद सबै युद्धका कारक।

५. दुर्घटनाका कारक।

६.अग्नि ग्रह र उग्रताका कारक बायुराशी र भुतत्व राशीमा गोचर गर्ने छन।् 

७. शिघ्र फल दिने ग्रह।

८. झगडा र क्रोधका कारक सन्कि मिजाजका।

९.र क्तपात, कालीमाता, गडणेशजी, हनुमानजी र खासगरी कुमार कार्तिकेय मंगलका देवता।

१०. पृथ्वी पुत्र भएकोकारण जमिनको ब्यवसाय र सुखा खेतीका कारक।

११. हिंस्रक जनावर, ब्वाँसो, सिंह, बाघ, बिरालो, कुकुर समेतको कारक।

१२. खलनायक, चोर, डाँका र नायक समेतको कारक।

१३. नजरदोष, नकारात्मक शक्ति, सकारात्मक शक्ति वा अल्फा, गामा विटा, फिजिक्सका कारक।

१४. हाम्रो शरीरमा वा जिवात्मा सबैको शरीरमा, शक्ति, बलियोपना, स्वास्थमा खास गरी, रगत, बर्नम्यारो श्वेत रगत, भिटामिन ए र डिका समेत कारक। युरिक एसिड र अन्य अम्ल समेतका कारक।
१५. शरीरका गोप्य भागको कारक।

१६. बृष राशी र खासगरी चन्द्रमाको नक्षत्रमा मंगलको बक्रि गोचर बलात्कार, उत्तेजना र सेक्स्युयल कामहरूको आधिक्य र यसबाट पर्न जाने बह्य र आन्तरिक दुबैको नकारात्मक प्रभावलाई इंगित गर्छ।

१७. हवाई दुर्घटना, माक्स डेथ, भूस्खलन, भूकम्प, ज्वालामुखी आदिलाई मृगशिरा नक्षत्रको भ्रमणले प्रभाव पार्छ भने रोहिणीको गोचरले समुद्र उठ्ने, बाढीको संभावना बढाउँछ।

१८. मानिसको शरीरको कुनै पनि भागको अप्रेसन पनि मंगलले देखाँउछ। सर्जिकल सबै।

१९. मानिसको ब्रेनमा हुने शक्तिमा शनिको दष्टी परेमा उन्माद गराँउछ।

२०. साहस र आत्मबलका कारक। नकारात्मक भए उल्टा।

 यी माथि उल्लेख गरेका सबै तथ्य भएर बक्रि भएका बखत विश्वमा युद्धका रुपमा, देशमा, सीमा कचिंगल, थोर बहुत बिद्रोह र क्याजोल्टीलाई समेत दर्शाउँछ।

निर्वाचन यसै समयमा हुने भएको कारण नहुने संभावना प्रवल। भएमा धेरै ठाउँमा हुल्दङ्गा हुन सक्ने अवस्था हुनसक्छ।

सेनामा दुई खेमा विभाजन हुने बिद्रोह, पुलिसको गोप्य कागजात बाहिरिन सक्ने।

विश्वका कतिपय मुलुकमा डिक्टेटरको जन्म, सैनिक शासन पनि देखा पर्नेछ। यद्यपि पनि मकर राशीमा उच्च दृष्टि पर्ने र मिथुन राशीबाट पनि शनिलाई कुँभमा देख्ने हुँदा शनि न्यायका कारक भएकाले भ्रष्टाचारीलाई पाता कस्ने उच्च  लेवल सम्मकाले नै भाग्ने दुलो पनि पाउने छैनन्। रुपैयाँ बिदेश लानेको त्यतै हराउने कसैले खाइदिने र सिजहुने अवस्था पनि आउनेछ। भोग गर्न ग्रहहरूको अवस्थाले अब उप्रान्त दिने छैन। विश्वमा अमेरिकीहरूको शाख दिनानुदिन घट्नेछ भने चीनको पनि अवस्था राम्रो नरहला। रुस र भारत अघि बढ्ने संभावना ग्रहहरूले देखाइ रहेका छन् । २०२२भन्दा पनि खतर्नाक अवस्था २०२३मा विश्वमा देखा पर्नेछ।

निचोडमा युग परिवर्तनको समय हो। महाभारत भाग २ चलिरहेको छ। जे हुन्छ न्याय स्थापनाकै लागि हुनेछ। धर्म युद्ध पनि ठूलो आकारमा देखा पर्नेछ ।
 
 

प्रतिक्रिया